Logo बिहिवार, आश्विन १ गते २०८३
images

ज्ञानपुञ्जमा वार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण

ज्ञानपुञ्जमा वार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण

  • 12.2K
    SHARES

  • ज्ञानपुञ्जमा वार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण

    बुटवल,चैत्र २९। 

    बुटवल ११ नहरपुरमा अवस्थित शैक्षिक प्रतिष्ठान ज्ञानपुञ्ज इ. वोर्डिङ स्कुलले एक समारोह बीच वार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाराम ढकालको अध्यक्षता, प्याब्सन रुपन्देहीका वारिष्ठ उपाध्यक्ष कूलराज शर्माको प्रमुख आतिथ्यता, विद्यालयका प्राचार्य तोयाराम पौडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा सह प्राचार्य भीम बस्नेतले स्वागत मन्तव्य तथा विद्यालयका शैक्षणिक गतिविधि बारे बताउनु भयो भने एकाडेमिक चिफ घनश्याम पन्थीले वार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

    विद्यालयका प्राचार्य श्री तोयाराम पौडेलले आगामी वर्षको शैक्षिक रणनीतिक कार्ययोजना बारे बोल्दै ०८२ मा ज्ञानपुञ्जलाई पूर्ण प्रविधिमैत्री बनाउने र नैतिकता, अनुशासन, संस्कार, संस्कृति सहित पाठ्यक्रमलाई अघि बढाउने बताउनुभयो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि कूलराज शर्माले ज्ञानपुञ्जले पाठ्यक्रमका अतिरिक्त व्यावहारिक र संस्कारिक शिक्षा प्रदान गरेको र विद्यार्थी र अभिभावकबीच सुमधुर सम्बन्ध कायम गर्न सकेकाले यति ठुलो प्रगति गरेको बताउनुभयो । कार्यक्रमका अध्यक्ष एवं वि. व्य. स. अध्यक्ष गंगाराम ढकालले ज्ञानपुञ्ज तिनाउ वारीको होराजन नै भएको र पारि वुटवलका नाम चलेका विद्यालय सरह पठनपाठन गरेकाले वुटवल उपमहानगर पालिकाद्वारा ‘क’ वर्गमा सूचीकृत भएको बताउनुभयो ।gyan punjaaa.jpeg

    कार्यक्रममा अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबारसरीय कार्यक्रममा दैनिकी लेखन, हस्तलिपी, वादविवाद, वक्तृत्वकला, विज्ञापन लेखन, व्यावसायिक पत्रलेखन, निवेदन, हाजिरिजवाफ, स्टोरी राइटिङ, निवन्ध लेखन लगायत २४ वटा विधामा उत्कृष्ट विद्यार्थीलाई पुरष्कृत गरिएको थियो । एकडेमिक तर्फ विद्यालय प्रथम, द्वितीय र तृतीय तथा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने मेधावी विद्यार्थीलाई पुरस्कृत गरियो भने अनुशासन, नियमित विद्यालय उपास्थिति, सरसफाइ, कुशल नेतृत्व, कुशल मनिटरिङ लगायत थुप्रै विधामा पुरस्कार दिइएको थियो ।

    विद्यालय बाहिर नगरस्तरीय कार्यक्रममा उत्कृष्टता हासिल गर्ने ६ जना विद्यार्थीलाई विशेष पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रम विद्यालयका इसिए प्रमुख तथा नेपाली विभाग प्रमुख हरिप्रसाद भट्टराईले सञ्चालन गर्नुभएको थियो भने विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology