Logo बिहिवार, आश्विन १ गते २०८३
images

'राजतन्त्रले तिरो लिने र दुरुपयोग गरेर मोजमस्ती गर्ने बाहेक केही जानेको थिएन' : प्रधानमन्त्री ओली

'राजतन्त्रले तिरो लिने र दुरुपयोग गरेर मोजमस्ती गर्ने बाहेक केही जानेको थिएन' : प्रधानमन्त्री ओली

  • 1.9K
    SHARES

  • 'राजतन्त्रले तिरो लिने र दुरुपयोग गरेर मोजमस्ती गर्ने बाहेक केही जानेको थिएन' : प्रधानमन्त्री ओली

    बुटवल,चैत २९ ।

    प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरेका छन्।आज रुपन्देहीको बुटवलमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

    'राजतन्त्रले तिरो लिने र त्यसको दुरुपयोग गरेर मोजमस्ती गर्ने बाहेक केही जानेको थिएन। त्यसैले हामीले सङ्घर्ष गर्नुपर्‍यो, बलिदान दिनुपर्‍यो, अनेक खाले दु:खहरू बेहोर्नुपर्‍यो। २५० वर्षको राजतन्त्रमा के भएको थियो, राजाहरूले बताइदिऊन्,' उनले भने, 'दुनियाँका अगाडि बडा थियौ, अरु के गर्‍यौ ?'

    सामन्ती शासन गर्ने र जनतालाई पढ्न तथा काम सिक्न नदिने राजतन्त्रको प्रवृत्तिले देशले दु:ख पाएको उनले बताए। 'दुनियाँ त त्यसबेलै विकसित भएको थियो त, अमेरिका, बेलायत, फ्रान्स, जर्मनहरू विकसित भएका थिए। अरु देश त विकसित भएका थिए। हिरोसिमा र नागासाकीजस्ता सहरहरू ध्वस्त भएर बचेको जापानले यसबीचमै विकास गर्‍यो। कोरिया १९६० सम्म हामीभन्दा पछाडि थियो। त्यसपछि विकास गर्दै गएर अहिले उसको र हाम्रो प्रतिव्यक्ति हेर्‍यो भने त्यो तुलना नै गर्न मिल्दैन। तर, हाम्रोमा राजतन्त्रले केही गर्न दिएन,' उलने भने।

    उनले कुशासन, अव्यवस्था र शासकीय कूटनीतिका कारणले नेपाल पछि परेको पनि बताए। 'कपिलमुनि, बुद्ध, महर्षिहरूको थलो यति उर्वर जहाँ पनि झार उम्रिन्छ, के उम्रिन्छ, किटपतङ्ग उम्रन्छन्। जीवनमय थलो हो। प्राकृतिक रूपमा उर्वर जीवनमय थलो तर, पछाडि पर्‍यो। यस्तै कुशासन, अव्यवस्था थिए,' उनले भने।

    फरक प्रसङ्गमा उनले एमाले सरकारमा आए विकास सुरु हुने र सरकारबाट हटे विकास रोकिने भइरहेको पनि बताए। अघिल्लो पटक आफूहरू सरकारमा हुँदा सुरु भएको विकासका योजनाहरू त्यसपछि रोकिएको भए पनि पुन: अहिले सुरु भएको उनले बताए।

    uml.jpg

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology