बुटवल,चैत्र २९।
नेवाः पुचःनेवा समाज विकास परिषद् केन्द्रिय कार्यालय, बुटवलले २६ औं स्थापना दिवस मनाएको छ ।
दिवसका अवसरमा आयोजित कार्यक्रममा रजत स्तम्भ अनावरण, वार्षिक क्यालेण्डर विमोचन, नयाँ वर्ष २०८२ को शुभकामना आदान-प्रदान एवं अपाङ्ग आश्रम बुटवलमा सहयोग सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष काजिमान श्रेष्ठले बताए ।
नेवा भवन बुटवल-६ मा भएको कार्यक्रममा बुटवल नगरप्रमुख खेलराज पाण्डेयले नेवार समुदायका लागि बुटवलले महत्वका साथ काम गरिरहेको बताउनुभयो ।
सो अवसरमा सचिव लक्ष्मी श्रेष्ठ,चिरञ्जिबि जोशी,सहदेव श्रेष्ठ लगायतले बोलेका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)