बुटवल, चैत्र २९ ।
तमु हयुल छोजधी रुपन्देहीको १२ औ अधीबेशनबाट नया नेतृत्व चयन भएको छ । बिमला तमुको अध्यक्षता र तमु ह्युला छोजधीका केन्द्रीय अध्यक्ष कर्ण बहादुर गुरुङ्गको प्रमुख आतीथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
नया कार्य समीतीमा राम बहादुर गुरुङ्ग अध्यक्ष सहीत बरीष्ठ उपाध्यक्ष आशा गुरुङ्ग,उपाध्यक्ष मदन मोहन सिह गुरुङ्ग,सचीब शेरजंग गुरुङ्ग, सहीत १८ सदस्यीय नया कार्य समीती चयन भएको हो ।
कार्यक्रममा छोजधीका केन्द्रीय अध्यक्ष कर्ण बहादुर गुरुङ्गले गुरुङ्ग समुदायको पहीचान र अधीकारका लागी सदैब लडीरहनु परेको बताउदै राज्यका पहुंच र निती निर्माणमा आदिवासीको आवाज सम्बोधन हुन नसकेको बताएका छन् । जबसम्म हाम्रा मागहरु सम्बोधन हुदैन सम्म आन्दोलन जारी रहने बताए ।
कार्यक्रममा छोजधीका बरीष्ठ उपाध्यक्ष राम बहादुर गुरुङ्ग, महासचीब राम बहादुर गुरुङ्ग,सचीब जिएस तमु लगायतले सम्बोधन गर्दे गुरुङ्ग समुदायको पहीचान स्थापीत गर्न आफुहरु पछाडी नहट्ने बताएका थिए । सो अधीबेशनले तिन बर्षे कार्यकालका लागी समीती चयन गरेको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)