Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

देवदहमा मंगलपुष्करिणी दह महोत्सव समापनको कार्यक्रम स्थगित,बर्षाले बनायाे क्षति

देवदहमा मंगलपुष्करिणी दह महोत्सव समापनको कार्यक्रम स्थगित,बर्षाले बनायाे क्षति

  • 1.3K
    SHARES

  • देवदहमा मंगलपुष्करिणी दह महोत्सव समापनको कार्यक्रम स्थगित,बर्षाले बनायाे क्षति

    देवदह,चैत्र २८ ।

    देवदहमा चैत्र २१ देखिजारी मंगलपुष्करिणी दह महोत्सव समापनको कार्यक्रम स्थगित भएको छ । बिहिबार बिहानदेखि परेको  बर्षाका कारण महोत्सवका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको संयोजक मोहन जिसीले जानकारी दिए । 

    "आज समापनको तयारी थियो तर बिहानदेखिको बर्षाले मन्चमा समेत क्षति पुर्याएपछि महोत्सवका सम्पूर्ण कार्यक्रम अर्को सूचना नहुन्जेल सम्मको लागि स्थगित गरिएको छ ।" महोत्सव मूल आयोजक समिति संयोजक जिसिले भने । 

    यही चैत्र २१ बौद्ध परम्परा अनुसार महापरित्राण गरि सुरु गरिएको महोत्सवमा त्यसयता श्रीमदभागवाद महापुराण पाठ भैरहेको थियो । देवदह-९ प्रगति सामुदायिक वन क्षेत्रमा रहेको ऐतिहासिक मंगलपुष्करिणी दह महोत्सवको प्रचार प्रसार तथा गौशाला व्यवस्थापन र स्थानीय सन्दिप आधारभूत विद्यालयमा कोष व्यवस्थापन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । 

    देवदह नगरपालिका संरक्षक रहेको महोत्सवको सह-आयोजक प्रगति सामुदायिक वन रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology