बुटवल,चैत्र २७।
लुम्बिनी वर्ल्ड स्कुलले गुणस्तरीय आइएसओ चिन्ह प्राप्त गरेको छ । रुपन्देहीको तिलोत्तमा मधौलियामा रहेको स्कुलले विभिन्न डेढ दर्जन सुचकहरु पुरा गरि शिक्षालयको गुणस्तरीय आइएसओ ९००१:२०१५ चिन्ह प्राप्त गरेको हो ।
विद्यालयले विभिन्न विधाका अन्तर्राष्ट्रिय मापदण्डका सुचकहरु पुरा गरि स्टानचुली म्यानेजमेन्ट एण्ड सर्भिसेस, युके बोर्डबाट तीन वर्षकालागि अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आइएसओ प्राप्त गरेको विद्यालय संचालक समितिका अध्यक्ष योगेश घिमिरेले जानकारी दिनुभयो ।
गएको फागुनदेखि चैत महिनासम्म विद्यालयले दिने सेवाहरुको मुल्यांकन तथा परिक्षण गरि गुणस्तरीय चिन्ह प्राप्त गरेको अध्यक्ष योगेश घिमिरेले बताउनुभयोे ।
शैक्षिक सफलतामा प्राप्त गुणस्तरीय चिन्ह प्राप्तीका लागि धेरै आधारहरु विद्यालयले पहिलेनै प्राप्त गरेकाले गुणस्तरीय चिन्ह प्राप्त गर्न सजिलो भएको उहाँले बताउनुभयो । आइएसओ चिन्ह प्राप्त गर्नकालागि समन्वय गरेको सिद्धार्थ सलुशनका वरिष्ठ व्यवस्थापन परामर्शदाता सन्तोष गिरीद्वारा उक्त गुणस्तरीय चिन्हको प्रमाणपत्र र एवार्ड ग्रहण गरेको अध्यक्ष घिमिरेले बुधबार विद्यालयमा आयोजित कार्यक्रममा जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल विष्णु ढकालले शैक्षिक गुणस्तरमा कुनै पनि कमि हुन नदिने गरि विद्यालयले योजनावद्ध तरिकाले अध्यापन गराउँदै गएको उल्लेख गर्दै शैक्षिक अध्यापनको तहलाई विकास गर्दै शैक्षिक सत्र २०८३ देखि दश जोड दुईका कक्षाहरु पनि संचालन गर्ने गरि योजना ल्याइएको बताउनुभयो ।
उहाँले विद्यालयले दिने सेवा प्रवाहलाई हेरेर त्यसको नियमन निकायले गुणस्तरीयताका चिन्ह प्रदान गरेको उल्लेख गर्दै उहाँले निरन्तर त्यो मापदण्डलाई कायम राख्ने आश्वासन दिनुभयो । थप शैक्षिक गुणस्तरकालागि प्रिमियर इन्टरनेशनल स्कुलमा अध्यापन गराउँदै आएका अध्यापक अशोक भण्डारीलाई सहप्राचार्यका रुपमा विद्यालयमा नियुक्ती दिइएको र त्यसले थप गुणस्तरमा सघाउने उहाँको विश्वास रहेको छ ।
कार्यक्रममा विद्यालयका सल्लाहकार महेन्द्र नारायण श्रेष्ठ,संचालकह्यरु गोकर्ण पाण्डे, विजयकुमार गुप्ता, प्रेम बेल्बासे, प्रकाश न्यौपाने लगायतले शैक्षिक सफलताका लागि गुणस्तरीय चिन्ह प्राप्त गरेर शिक्षक कर्मचारीहरुलाई थप हौसला दिएको बताउनुभयो ।
कक्षा १० सम्म अध्यापन हुदै आएको विद्यालयमा २०८१ को शैक्षिक सत्रमा ४७८ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ -१२ मा अध्यापन थाल्ने जनाएको छ ।
लुम्बिनी वल्ड स्कुलमा तेस्रो टिचिङ्ग लर्निङ्ग एक्स्पो,मुख्यमन्त्री आचार्यद्वारा उद्घाटन
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)