Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल हस्पिटल प्रालिको रक्तदान,६४ युनिट संकलन

बुटवल हस्पिटल प्रालिको रक्तदान,६४ युनिट संकलन

  • 990
    SHARES

  • बुटवल हस्पिटल प्रालिको रक्तदान,६४ युनिट संकलन

    बुटवल,चैत्र २५।

    बुटवल हस्पिटल प्रा लिले रक्तदान कार्यक्रम गरेको छ । पछिल्लो समय रगतको अभाव भैरहेको वेला हस्पिटल प्रा लि ले विश्व स्वास्थ्य  दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो । रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजना गरिएको रक्तदानमा ६४ युनिट रगत संकलन भएको छ । बुटवल हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।

    आफ्नो वार्षिक कार्यक्रम अुनशार आयोजित रक्तदान कार्यक्रममा हस्पिटलका चिकित्सकहरु, नर्सिङ स्टाफहरु,अन्य मेडिकल तथा प्रशासनका कर्मचारीहरु,सरसफाईकर्मी तथा सुरक्षाकर्मीहरु, क्यान्टीनका कर्मचारीहरु, विरामीका आफन्त तथा शुभेच्छुकहरुले रक्तदान कार्यक्रममा भाग लिएका थिए ।

    रक्तदानमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले अस्पतालहरुमा रगतको अभाव भैरहेको सन्द्रभ पारेर रक्तदान कार्यक्रम गरिएको बताउनु भयो । उहांले रगतदान गरेमा अर्को एक जना बिरामीको ज्यान वच्न सक्छ भन्ने भावनाका बिकास गर्नका लागि पनि हस्पिटलले रक्तदान कार्यक्रम नियमित रुपमा गर्दै आएको बताउनु भयो । एक सय शैया संचालनमा रहेको बुटवल हस्पिटल प्रा लिले रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रम गरेको अस्पतालका मेडिकल सुपेरटेण्डेन डा कृष्ण प्रसाद खनालले बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology