बुटवल,चैत २२।
बुटवल १३ बेलवासमा रहेको बेबी स्टार मन्टेस्वरी स्कुलमा ग्रेजुएसन तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।
पिजी देखि ३ कक्षा सम्म पढाइ भैरहेको यो स्कुलमा आजप्रि प्राइमेरी पुर्व ( प्राथमिक ) तह बाट प्राइमेरी ( प्राथमिक) तहमा ५८ जना विधार्थी ग्रेजुएसन भएको बेबी स्टारमन्टेस्वरी स्कुलकी प्राचार्य गिता बन्जाडेले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्राचार्य बन्जाडेले स्थापना कालदेखिहालसम्म छोटो समयमै यो सफलता पाउनुमा अभिभावक, शिक्षक, कर्मचारी, विधार्थी र सुभेच्छुक सबैको सहयोगरहेको समेत बताउनुभयो ।
कार्यक्रममा बुटवल उप–महानगरपालिकाका शिक्षाशाखा प्रमुख टिकाराम पन्थीले यो विधालयले यतिछोटो समयमायति धेरै प्रगति गरेर यस टोलकै गहनाकोरुपमा स्थापित भएको बताउनुभयो ।
नाचगान मनोरञ्जन सहित सम्पन्न गरिएको योकार्यक्रममा विधार्थीहरुले नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभाप्रस्फुटन गरेकाथिए भने विधालयले ग्रेजुएसन र विदाइहुने विधार्थी र विधार्थीका अभिभावकहरुलाइ सम्मानसमेत गरेको थियो ।
कार्यक्रममा बुटवल उप–महानगरपालिकाका शिक्षाशाखा प्रमुख टिकारामपन्थी,युनिभर्सल ट्रेनिङ्ग सेन्टरकीअध्यक्षलक्ष्मी भुशाल, अभिभावक, शिक्षक, कर्मचारी, विधार्थी लगायतको सहभागिता रहेको थियो ।
२०७६ सालमा ८ जना विधार्थी र ३ जना शिक्षकबाट सुरु गरिएको यो स्कुलमा हाल ३५० विधार्थी र २९ जना कर्मचारीतथा शिक्षक रहेका छन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)