Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

लुम्बिनीमा बुद्धलाइ साक्षि राखेर नविन औद्योगिक माबि कक्षा १२ का बिद्यार्थीको बिदाइ

लुम्बिनीमा बुद्धलाइ साक्षि राखेर नविन औद्योगिक माबि कक्षा १२ का बिद्यार्थीको बिदाइ

  • 3.4K
    SHARES

  • लुम्बिनीमा बुद्धलाइ साक्षि राखेर नविन औद्योगिक माबि कक्षा १२ का बिद्यार्थीको बिदाइ

    बुटवल,चैत १८ ।

    बुटवलको
    नविन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयले आईतबार बुद्धजन्मस्थल लुम्बिनीमा कक्षा १२ काविद्यार्थीको विदाई तथा शुभकामना कार्यक्रम गरेको छ । लुम्बिनीको प्रचार प्रसार र गौतबुद्धको उपदेशका बारेमाविद्यार्थीहरुलाई अनुभूती गराउने उदेश्यका साथ पहिलो पटक लुम्बिनीमा विद्यार्थीहरुको विदाई कार्यक्रम गरिएकोविद्यालयले जनाएको छ ।

    विद्यालयका कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई मायाको चिनो सहित शुभकामना दिएर विदाईगरेका हुन् ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले शान्ति, अहिंसा र सदभावकाप्रतिकका रुपमा चिनिने महामानव गौतमबुद्धको जन्मस्थलमा गरिएको विदाई कार्यक्रमले लुम्बिनीको प्रचारमासकरात्मक सन्देश गएको बताए । उनले सामुदायिक विद्यालयमा नविन स्कूलले गुणस्तरीय शिक्षा दिइरहेको बताउँदैविद्यालयको सुखदुखमा उपमहानगर साथमै रहने प्रतिबद्धता जनाए ।

    यस्तै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले विद्यालयहरुले पहिलो पटक बुद्धजन्मस्थलमा विदाईकार्यक्रम गरेको बताउँदै यसले बुद्ध र लुम्बिनीको प्रचारमा निकै ठूलो टेवा पुग्ने बताए । उनले गौतमबुद्धले मानवकल्याण, शान्ति, अहिंसा र एकताका निम्ति दिएको सन्देश विद्यार्थीहरुले समेत अनुशरण गर्नुपर्नेमा जोड दिए ।

    यस्तै शिक्षा विकास तथा समन्वय ईकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेले नविन नेपालकै उत्कृष्ट विद्यालयमध्येमापर्ने बताउँदै आगामि दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न शूभकामना दिए । उनले कक्षा १२ पछि अन्यत्र जादा पनिविद्यालयबाट प्राप्त गरेको शिक्षालाई व्यवहारमा उतार्न आग्रह गरे ।

    लुम्बिनी स्थित अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्रमा कक्षा ११ र १२ का २ हजार बढि विद्यार्थीहरुको सहभागितामाविदाई समारोह गरिएको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले जानकारी दिए ।

    उनले आफूहरुले विद्यालयमैकार्यक्रम गर्न सक्ने भएपनि विद्यार्थीहरुलाई विश्वसम्पदा स्थल लुम्बिनीबारे जानकारी गराउने उदेश्यका साथलुम्बिनीमा गरिएको बताए । कक्षा ११ शिक्ष, विज्ञान, कानुन, व्यवस्थापन र सिभिल ईञ्जिनयरिङले संयुक्त रुपमागरेको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

    कार्यक्रममा बुटवलउपमहानगरपालिका वडा न. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन खनाल, अध्यक्षता कक्षा ११ का विद्यार्थी सुवास पौडेल, विद्यार्थीहरु एलिजा रेग्मी, हिरा सुनार लगायतले बोलेका थिए ।कार्यक्रममा विद्यार्थीहरुको प्रतिभा समेत प्रस्तुत गरिएको थियो । नविनमा २०८१ सालमा कक्षा ११ र १२ मा २ हजार ७९विद्यार्थी अध्ययनरत छन् । प्रि–नर्सरीदेखि कक्षा १२ सम्म यहाँ ४ हजार ७०२ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, चैत्र १८ २०८१०६:५५:३५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology