बुटवल,चैत १६ ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिकानगरमा रहेको शिव टोल विकास संस्थाको १५ औं वार्षिक साधारणसभा शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
टोलका अध्यक्ष शालिकराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र खनालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै खनालले टोलको विकासका लागि वडाको तर्फबाट सधै सहयोग रहने बताए ।
उनले टोलको विकासका लागि हरेक सदस्यहरुको सहयोग रहने बताउँदै सामुहिक प्रयासले मात्रै संस्था अगाडि बढ्ने बताए । कार्यक्रममा टोलका अध्यक्ष शालिकराम पौडेलले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सुवासचन्द्र ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु गंगा थापा, यमप्रसाद आचार्य, बुटवल उपमहानगरपालिका वडा नं. ११ का मेलमिलापकर्ता विष्णुप्रसाद भण्डारी, शिवालय मन्दिरका अध्यक्ष रुद्रप्रसाद भण्डारी, शान्तिपथ टोलका अध्यक्ष लक्ष्मी गौतम, टोलका सदस्यहरु कमला गौतम र विनिराम पौडेललगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा ज्येष्ठ नागरिकहरु अमर खड्का, मोतिलाल जैसी, चन्द्रप्रकाश शर्मा, सोमनाथ घिमिरे, पुरन श्रेष्ठ,बुद्धकाजी शाक्यलाई सम्मान गरिएको थियो भने प्लस टु मा उत्तीण विद्यार्थीहरु कृतिका कार्की, अन्जिता अर्याल,उत्सव अर्याल र उत्सव भट्टराईलगायतलाई प्रमाणपत्र र मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।
२०६१ साल पुस ६ गते दर्ता भएको शिव टोल विकास संस्था २०७८ सालमा पुनः दर्ता भई सोही अनुसार स्थानीय तहसंग समन्वय गरी नगरपालिकाबाट प्राप्त सूचना टोलका सदस्यहरु सामु पु¥याउँदै सामाजिक तथा विकास निर्माणका काममा अगाडि बढ्दै आएको टोलका अध्यक्ष शालिकराम पौडेलले बताए । उनले टोललाई यहाँसम्म ल्याउन महत्वपूर्ण सहयोग गर्ने टोलबासीलगायत सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।
कार्यक्रममा टोलका उपाध्यक्ष विष्णु कुमारी गौतमको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव तारादेवी लम्सालले गरेकी थिईन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)