Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

राजावादीको आन्दोलनमा प्रहरीको दमन

राजावादीको आन्दोलनमा प्रहरीको दमन

  • 1.6K
    SHARES

  • राजावादीको आन्दोलनमा प्रहरीको दमन

    काठमाडौं,चैत्र १५ ।

    राजावादीकाे आन्दोलनमा प्रहरीले दमन गरेको छ । प्रहरीले राजावादीको सभा हुने मञ्चमा ताकेर अँश्रुग्यास प्रहार गरेको घटनास्थलमा रहेका पार्टीका एक नेताले जानकारी दिए ।

    ‘हाम्रो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले निर्मम दमन गरेको छ । जनसभा भाँड्ने उद्देश्यले मञ्चमै आक्रमण गरियो । घरका छतहरुबाट पनि मञ्चमा ताकेर ढुंगा प्रहार भएको छ ’ती नेताले भने ।

    राजावादी सभामा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी आइसकेका थिए । उनी मञ्चमा उक्लिनासाथ ताकेर अँश्रुग्यास हानिएको थियो । त्यसपछि उनलाई स्वयम्सेवकहरुले सुरक्षित स्थानमा लगेका छन् ।राप्रपाका नेताहरु रवीन्द्र मिश्र, धवलशमशेर राणालगायत भने मञ्चमै छन्, तर उनीहरु असुरक्षित रहेको ती नेताले बताए ।

    प्रहरीको बल प्रयोगबाट केही प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुमध्ये दुई जना गम्भीर घाइते बनेको मञ्चबाट जानकारी दिइएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, चैत्र १५ २०८१०२:१६:५२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology