Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कुलमान र हितेन्द्रको मुद्दामा आज निर्णय भएन, आइतबार अर्को पेसी

कुलमान र हितेन्द्रको मुद्दामा आज निर्णय भएन, आइतबार अर्को पेसी

  • 1.2K
    SHARES

  • कुलमान र हितेन्द्रको मुद्दामा आज निर्णय भएन, आइतबार अर्को पेसी

    काठमाडौँ, चैत १५ ।

    कुलमान घिसिङ र हितेन्द्र शाक्यको मुद्दामा आज निर्णय भएन । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा रहेको दुवै मुद्दाको सुनुवाइ आइतबारलाई सारिएको हो । 

    शुक्रबार उक्त मुद्दाको पहिलो बहस पछि न्यायाधीश मुसलमानले सरकारको कुरा पनि सुन्नुपर्ने भन्दै दुवै मुद्दालाई साथमै राखेर आइतबार सुनुवाइ गर्नुपर्ने जानकारी इजलासलाई गराएका छन् । 

    आज कुलमानको पेशी दोस्रो नम्बरमा थियो भने हितेन्द्रको पाँचौं नम्बरमा थियो । दुवै मुद्दाको विषय समान देखिएकोले साथै राख्नुपर्ने आदेश इजलासले सुनाएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology