दाङ ,चैत १५ ।
दाङमा एक महिलालाई बिजुलीको खम्बामा बाँधेर निर्घात कुटपिट गरिएको छ । कुटपिट गरेको भिडियो सामाजिकसञ्जालमा सार्वजनिक भएपछि यो घटना बाहिर आएको हो ।
दाङको घोराही उपमहानगरपालिका–१० की २६ वर्षीया शिला चौधरीमाथि घोराही उपमहानगरपालिका–११ मा निर्घातकुटपिट गरिएको छ। श्रमिकको रूपमा काम गर्दै आएकी शिला नामकी महिलालाई बिजुलीको खम्बामा बाँधेरस्थानीयले निर्घात कुटपिट गरेको सार्वजनिक भएपछि केही घटना लुकाउने प्रयासमा समेत लागेका स्थानीयले जनाएकाछन्।
शिलामाथि घोराही–११ चागुका गोपाल चौधरीकी श्रीमती र स्थानीय केही अन्य महिलाले बाँधेर निर्घात कुटपिट गरेकोभिडिओ सार्वजनिक भएको छ ।
शिलाले जीवनयापनका लागि सोही वडाको तरकारी फार्ममा काम गर्दै आएकी थिइन्। तरकारी फार्मका केही सामानहराएको आरोपमा शिलामाथि कुटपिट भएको महिला अधिकारकर्मी खुमा खड्काले बताइन्। 'यो घटना गाउँमैमिलाइएको रहेछ', अधिकारकर्मी खड्काले भनिन्, 'पीडितकी आमाले सामाजिक सञ्जालमा भिडिओ देखेपछिबिहीबार मुद्दा प्रहरीमा पुगेको हो।'
स्थानीयका अनुसार राजनीतिक दलका स्थानीय नेताहरूले ७० हजार रूपैयाँ दिएर कुटपिटको मुद्दा गाउँमै मिलाएकाथिए। इलाका प्रहरी कार्यालय नारायणपुरमा यो विवाद आउनुअघि स्थानीय 'भद्रभलादमी' को रोहवरमा पैसा दिएरमिलाउन खोजिएको थियो ।
भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि पीडितकी आमाले छोरीमाथि भएको अत्याचारबारे आवाज उठाइन्। उनकैपहलमा घटना मिलाउन दिइएको रूपैयाँ फिर्ता गरिएको हो। बिहीबार मात्रै पीडित जिल्ला प्रहरी कार्यालय घोराहीमापुगेर आरोपितविरूद्ध अमान्य व्यवहार शीर्षकमा मुद्दा दायर गरेको निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहलेजानकारी दिए ।
'हामीलाई त पहिला गाउँघरको सामान्य कुटाकुट घटना मात्रै हो भनिएको थियो', उनले भने, 'पीडित आएर उजुरीदिएपछि कुटपिट घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।' पीडितले निवेदनदिएपछि आफूले त्यसैको आधारमा आरोपितलाई पक्राउ गरेको हुँदा मुद्दा आधिकारिक रूपमा दर्ता भइसकेको डिएसपीशाहले बताए। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको उनले बताए।
'स्थानीय केही भद्रभलादमीका नाममा यति गम्भीर घटनामा पैसा दिएर कागज गराई मिलापत्र गराइएको देखियो', अधिकारकर्मी खड्काले भनिन्, 'एक अबला नारीलाई रातिको समयमा बोलाएर पोलमा बाँधेर त्यसरी पशुवत व्यवहारगर्न पाइँदैन।
दोषीले सजाय पाउनुपर्छ ।'शिलामाथि कुटपिट भएको भिडिओ कुट्नेहरू आफैंले सामाजिक सञ्जालमाराखेका थिए। घाँटी, टाउको र शरीरको भित्री भागमा दुखाइ चोट रहेको पीडितले जनाएकी छ्न ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)