Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टरमा राजन कसजु 

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टरमा राजन कसजु 

  • 1.5K
    SHARES

  • नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टरमा राजन कसजु 

    बुटवल,चैत १४ ।

    नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले लुम्बिनी प्रदेश च्याप्टर गठन गरेको छ । प्रदेश च्याप्टरको बुधबार रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित ६ाइगर प्यालेसमा आयोजित कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले उद्घाटन गर्नुभयो ।

    सो अवसरमा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले उत्पादन र उत्पादकत्व बढाउने काममा नेपाल उद्योग परिसंघले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

    उहाले गतिशिल समय र तीव्र प्रतिस्पर्धाको दुनियामा समयको गतिलाई बुझ्न, प्रतिस्पर्धामा आफ्नो स्थान सुरक्षित राख्ने गरी अगाडि बढ्न युवा उद्यमीलाई सुझाव दिनुभयो । सरकार सम्पूर्ण रुपमा उद्यमीको साथमा रहेको विश्वास दिलाउनुभयो ।

    अर्थमन्त्री पौडेलले औषत काम गरेर बस्ने सुविधा सरकारलाई नभएको भन्दै सरकारले कानुनमा, नीतिमा सुधार गरेर सुधारको काम गरेको दाबी गर्नुभयो ।

    कार्यक्रममा नेपाल उद्योग परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले युवालाई उद्यमशील बनाउन नीतिबाटै सहजिकरण, प्रोत्साहन गर्न आवश्यक रहेकामा जोड दिनुभयो । देशमा रोजगारी बढाउन, औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीलाई प्रोत्साहन, प्रेरणा, हौसला दिन आवश्यक रहेको बताउँदै उहाले आगामी बजेटले युवा लक्षित कार्यक्रम ल्याउनसमेत आग्रह गर्नुभयो ।

    ‘विदेशमा अध्ययन गरेर आफ्नै देशमा केही गर्नुपर्छ भनेर आउने युवाहरुको संख्या ठूलो छ । उनीहरुलाई देशमै उद्यमी बनाउन हौसला प्रदान गर्न आवश्यक छ । सरकारले आगामी बजेटमार्फत युवा प्रोत्साहन गर्ने नीति लिने विश्वास छ’, उहाले भन्नुभयो ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले कानुन संशोधन, स्टार्टअप नीति निर्माणमा परिसंघ र युवा उद्यमी मञ्चले महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । उहाले सरकारले युवालाई उच्च प्राथमिकतामा राख्दै सोही अनुरुप नीति बनाएको र बनाउने क्रममा रहेको जानकारी दिनुभयो ।

    कम्पनी दर्ता घरमै बसेर गर्न सकिने र प्रविधिको प्रयोगलाई बढावा दिइएकाले युवालाई देशभित्रै काम गर्न वातावरण सरकारले बनाइरहेको उहाको भनाइ छ ।

    नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले युवा पलायन बढिरहेका बेलामा देशभित्रै केही गर्नुपर्छ भनेर उद्यमी बन्ने युवालाई धन्यवाद दिइनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    उहाले उद्योग व्यवसाय ओरालो लागिरहेको, निराशा बढिरहेको र उद्योगी व्यवसायीसमेत पलायन हुने अवस्था सिर्जना हुनु चिन्ताको विषय रहेको औंल्याउनुभयो । उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष आशीष अग्रवालले लुम्बिनी प्रदेशको आर्थिक विकाससँगै देशलाई नै समृद्धि बनाउन सकिने बताउनुभयो । यसका लागि युवालाई प्रोत्साहन खाँचो रहेको उहाको भनाइ छ । उहाले मञ्चमार्फत नयाँ अवसरहरू खोज्दै, उद्यमशीलतामा नयाँपन ल्याउँदै, र देशको आर्थिक विकासमा योगदान पुर्याउने संकल्पका साथ युवाहरु अघि बढ्न चाहेको बताउनुभयो ।

    नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टरका अध्यक्ष राजन कसजुले स्थानीय मौलिकतामा आधारित रही राष्ट्र निर्माणमा समर्पित भई विश्व दृष्टिकोणका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।rajan.jpeg

    नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी प्रदेश च्याप्टरको बोर्डमा राजन कसजुसँगै विकास पाण्डे, अभिषेक पाठक, अर्जुन पाठक, रोनिश श्रेष्ठ, सुरज उप्रेती, विवेक कसौधन, अभिनव थापा रहनुभएको छ ।

    नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००५ मा गठन भएको नेपाल उद्योग परिसंघको युवा संगठन हो । मञ्चले युवा उद्यमीलाई प्रोत्साहन, प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै सोहीअनुरुपका गतिविधि गर्दै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology