Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

सडक दुर्घटनामा तिलोत्तमा २ का जनप्रतिनिधि पाठकको मृत्यु

सडक दुर्घटनामा तिलोत्तमा २ का जनप्रतिनिधि पाठकको मृत्यु

  • 1.9K
    SHARES

  • सडक दुर्घटनामा तिलोत्तमा २ का जनप्रतिनिधि पाठकको मृत्यु

    बुटवल, चैत १३ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा वडा नं २ का सदस्य खेमराज (रामकृष्ण) पाठकको दुर्घटनामा मृत्यु भएको छ ।

    तिलोत्तमा नगरपालिका– २ जानकीनगरका स्थायी बासिन्दा पाठक जानकीनगरबाट बुटवल जाने क्रममा बुटवल उपमहानगरपालिका– १० चौराहमा दुर्घटनामा परेका थिए ।

    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुधबार दिउँसो उनले चलाएको लु ३६ प ८४४८ नम्बरको मोटरसाइकलले बा ०१०३१ च ५००२ नम्बरको कारलाई उछिन्ने क्रममा दुर्घटना भएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँका छोराहरु क्यानडा रहेकाले अन्त्येष्टि कहिले र कहाँ गर्ने टुंगो नलागेको आफन्तले जनाएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology