Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको बस दुर्घटना ४ जनाको मृत्यु

सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको बस दुर्घटना ४ जनाको मृत्यु

  • 1.7K
    SHARES

  • सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको बस दुर्घटना ४ जनाको मृत्यु

    अर्घाखाँची,चैत १३ ।

    सुपादेउरालीको दर्शन गरेर फर्किंदै अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । 

    बुधबार अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

    उनले भने, ‘ साँझ पौने ६ बजेतिर सुपादेउरालीको दर्शन गरेर फर्किंदै थियो। एक्कासी दुर्घटना भयो। चार जनाको उपचारको क्रममा मृत्यु भयो।  ‘

    उनका अनुसार मृत्यु हुने तीन जना महिला र एकजना पुरूष रहेका छन् । उनीहरुको पहिचान खुल्न बाँकी छ । यस्तै  दुर्घटनामा परी २७ जना घाइते  भएका छन् । उनीहरूलाई बुटवलमा उपचारका लागि लगिएको उनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology