Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुटवल ग्लोरीद्वारा जनप्रतिनिधि, संघसंस्था तथा ज्येष्ठ अभिभावकलाई सम्मान

बुटवल ग्लोरीद्वारा जनप्रतिनिधि, संघसंस्था तथा ज्येष्ठ अभिभावकलाई सम्मान

  • 2.3K
    SHARES

  • बुटवल ग्लोरीद्वारा जनप्रतिनिधि, संघसंस्था तथा ज्येष्ठ अभिभावकलाई सम्मान

    बुटवल,चैत १२ ।
    बुटवल ग्लोरी इ. बो. स्कुल, बुटवल–१३ बेलबासमा जनप्रतिनिधि एवम् संघसंस्था सम्मान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा नं. १२ र १३ का जनप्रतिनिधिहरुसँगै खानेपानी संस्था, जवई स्पोर्टिङ क्लबलगायतलाई सम्मान गरेको हो ।
    उक्त कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नारायण पुनले अनुशासनले राष्ट्रलाई नै महान् बनाउने हुँदा अनुशासनसहित विद्यार्थीहरुलाई ज्ञान र सिप प्रदान गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
    कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष डिल्लीप्रसाद शर्माले व्यवहारिक शिक्षाको खाँचो रहेको औंल्याउँदै गुणस्तरीय शिक्षा प्रदान गरेर सक्षम नागरिक उत्पादन गरेको बुटवल ग्लोरी गौरवपूर्ण संस्था भएको विचार व्यक्त गर्नुभएको थियो ।
    कार्यक्रममा बुटवल उपमहानगरपालिकाको वडा नं. १२ का अध्यक्षसहित सदस्यहरु गंगादत्त पौडेल र जुना वि.क., वडा नं. १३ का अध्यक्षसहित सदस्यहरु कृष्ण सुनार, झविन्द्र थापा, लालबहादुर गुरुङ, मन्दिरा गौडेललाई बुटवल ग्लोरीसँग जनप्रतिनिधि सम्मान गरिएको थियो ।
    कार्यक्रममा नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नवनिर्वाचित अध्यक्ष मिना जि.सी.सहित उपाध्यक्ष सिर्जना पौडेल, कोषाध्यक्ष सुमित्रा खनाल, सचिव रामप्रसाद भुसाल, सहसचिव ढुण्डिराज खनाल, सदस्यहरु डिला गाहा, कृष्णप्रसाद भुसाल, सीता आचार्य, राधा घिमिरेलगायतलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो । यसैगरी भूपू सैनिक जवई स्पोर्टिङ क्लबका उपाध्यक्ष शिव थापालाई सम्मान गरिएको थियो ।
    सोही अवसरमा विद्यालयमा अध्ययनरत बालबालिकाहरुका ज्येष्ठ अभिभावकहरुलाई सम्मान गरिएको थियो । ज्येष्ठ अभिभावक डिल्लीराज मरासिनीलाई दुवै वडाका अध्यक्षहरुले सम्मान गर्नुभएको थियो । विद्यालयले ४२ जना ज्येष्ठ अभिभावकलाई सम्मान गरेको हो ।

    ज्येष्ठ अभिभावहरुलाई विद्यालयले घरघरमा गएर फागुन र चैत महिनामा सम्मान गरेको थियो भने विभिन्न कारणले छुटेका ज्येष्ठ अभिभावक अथवा उहाँका परिवारका सदस्यहरुलाई विद्यालयमा सम्मान गरिएको हो ।
    विद्यालयका प्रबन्ध निर्देशक मोहनलाल जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य शंकरप्रसाद गौतमले विद्यालयले गुणस्तरीय शिक्षासँगै समाजमा असल संस्कार र अनुशासन सिकाउनका लागि प्रशिक्षण, सम्मानलगायतका कार्यक्रम गर्दै नवीन सोचका साथ अगाडि बढेको बताउनुभएको थियो ।
     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology