Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

३९ करोड लगानीमा बुटवलमाअत्याधुनिक डेल्टा मार्ट संचालनमा

३९ करोड लगानीमा बुटवलमाअत्याधुनिक डेल्टा मार्ट संचालनमा

  • 6.0K
    SHARES

  • ३९ करोड लगानीमा बुटवलमाअत्याधुनिक डेल्टा  मार्ट संचालनमा

    बुटवल,माघ १०-

    बुटवलमा डेल्टा एकुकेशनल मार्ट सञ्चालन गरेका समुहले अन्नपूर्ण हाइपर मार्केट प्रालि सुरुवात गरेका छन् ।

    बुटवल मिलनचौकमा रहेको डेल्टा एजुकेशनल मार्टको तल्लो फोलमा दैनिक उपोग्य सामानहरु सहित, तरकारी जन्य उत्पादन, मासु जन्य उत्पादन समेत एउटै छाना मुन विक्रि वितरण गर्ने गरी मार्ट  सञ्चालनमा ल्याएको हो । 

    डेल्टा एजुकेशन प्रालिका अध्यक्ष लोक नाथ उपाध्यायले सबैको आवश्यकतालाई मध्यनजर गर्दै अन्नपूर्ण मार्ट सुरुवात गरिएको जानकारी दिए  ।

    अन्नपूर्ण हाईपर मार्केट को यहि माघ १२ गते नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । 

    स्थापनाको अवसरमा सम्पूर्ण समानमा १० प्रतिशतको छुट प्रदान गरिएको  यो मार्टले खासगरी सामुहिक लगानीलाई अभिवृद्धि गरी संस्थागत विकासमा टेवा पु¥याउने लक्ष्य लिएको अन्नपूर्ण हाईपर मार्कट प्रालिका अध्यक्ष  चिन्तामणी पाण्डेले जानकारी दिए ।delta butwal.jpg

    मार्टमा ताजा मासु, जिउदो माछा, आर्गनिक तरकारी,  ताजा  फलफुल, कस्मेटिक, किचन वेयर, बेकरी तथा केक का आईटमको साथै दैनिक उपभोग्य सबै समानहरु राखिएका छन् । 

    अन्नपुर्ण मार्केटका प्रबन्ध निर्देशक गणेश चन्द्र पोखरेलका अनुसार मार्टमा ५ करोड रुपैयाँको लगानी रहेको छ । पहिला देखि सञ्चालनमा आएको डेल्टा एजुकेशनल मार्टमा भने  कुल ३४ करोडको लगानी रहेको  मार्टका सञ्चालक बालकृष्ण पौडेलले जानकारी दिए ।

    एकै स्थानमा शैक्षि सामग्री संगै दैनिक उपभोग्य सामान समेत विक्रि गर्ने उदेश्यका साथै दुई वटा कम्पनी मिलेर   अन्नपूर्ण मार्ट स्थापना गरिएको सञ्चालक  चोलेन्द्र पाठकले जानकी दिए ।जसमा रिटेलर सेन्टर कर्नर प्रालि र डेल्टा एजुकेशन  प्रालिको लगानी लगानी रहेको छ । DELTA BUTWAL.jpg

    मार्ट संचालनका लागि डेल्टा एजुकेशन मार्टले ३४ करोड लगानी गरेको छ । यस्तै अन्नपूर्ण हाइपरले ५ करोड लगानी गरेको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो करदाता बन्ने लक्ष्यका साथ मार्ट संचालन गरिएको संचालकहरुले बताएका छन् ।

    याे पनि :-

    अन्नपूर्ण हाइपरको नयाँ सुपर मार्केट औपचारिक शुभारम्भ

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology