स्याङ्जा, चैत १० ।
चापाकोट नगरपालिका-१ तेउनासमा एक जना कालीगण्डकीमा हाम फालेर बेपत्ता हुनुभएको छ । पाल्पा रामपुर नगरपालिका–१० कुमालटोल बस्ने ५८ वर्षीया मेघनाथ कुमाल नदीमा हाम फालेर बेपत्ता हुनुभएको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा बाहिर रहेको छोरीलाई सामान पठाउन भनी घरबाट हिँड्नुभएका कुमाल सामान पठाउने ठाउँमै नपुगी कालीगण्डकी नदीमा हाम फाल्नु भएको हो ।
घटनास्थलमा इलाका प्रहरी चापाकोट स्याङजाबाट खटेका प्रहरी टोलीको समन्वयमा खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रवेश तिवारीले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)