बुटवल,चैत्र ९ ।
बुटवलमा रहेर सामाजिक गतिबिधिमा सक्रिय युवा अभियन्ता भरतजंग क्षेत्री सम्मानित भएका छन् । केसीलाइ धनमुडा चौर समाज, बुटवलले सम्मान प्रदान गरेको हाे। सामाजिक अभियानहरूमा योगदान दिइरहेका के.सी.लाई समाजले प्रेरणाका रूपमा सम्मान गरेको हो।
धनमुडा चौर समाजका अध्यक्ष देव थापाले के.सी.को योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै भने, “अहिलेको समयमा निःस्वार्थ समाजसेवामा लाग्ने व्यक्ति कमै भेटिन्छन्। असल समाजसेवी असाधारण सोच र उदार मन भएका हुन्छन्। हामीले समाज परिवर्तनमा योगदान गर्ने युवाहरूलाई हौसला दिन तथा आगामी पुस्तालाई प्रेरित गर्ने उद्देश्यले सम्मान गर्ने निर्णय गरेका हौँ।”
विगत दुई दशकदेखि विभिन्न संघ–संस्थामा आबद्ध रहँदै समाजको हितमा सक्रिय भूमिका निर्वाह गरिरहेका के.सी.ले समाजसेवा नै आफ्नो जीवनको सार बनेको बताए। “समाजसेवाबाट प्राप्त हुने सबैभन्दा ठूलो कुरा आत्मसन्तुष्टि र खुशी हो। म यही दुई कुराको लागि मानवताको मैदानमा निरन्तर लागिरहेको छु,” उनले भने।
सम्मान प्राप्त गरेपछि आफ्नो योगदानलाई कदर गरेकोमा उनले धनमुडा चौर समाजका अध्यक्ष देव थापा तथा सम्पूर्ण समाजलाई धन्यवाद व्यक्त गरे। साथै, यस सम्मानले आफूलाई अझ बढी उर्जाशील बनाउन प्रेरित गरेको बताए।
कार्यक्रममा भरत के.सी.सँगै समाज परिवर्तनका लागि विभिन्न माध्यमबाट योगदान पुर्याइरहेका पत्रकार, दन्त चिकित्सक तथा अन्य विशिष्ट व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)