Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मेली सम्पर्क समाज रुपन्देहीको अध्यक्ष डा.पन्थ,महासचिवमा कुँवर

गुल्मेली सम्पर्क समाज रुपन्देहीको अध्यक्ष डा.पन्थ,महासचिवमा कुँवर

  • 3.8K
    SHARES

  • गुल्मेली सम्पर्क समाज रुपन्देहीको अध्यक्ष डा.पन्थ,महासचिवमा कुँवर

    बुटवल,चैत्र ९ ।
    गुल्मेली सम्पर्क समाज रुपन्देहीको १७ औं साधारणसभा तथा सातौं अधिवेशनले डा. नारायणप्रसाद पन्थको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ।

    जसको प्रथम उपाध्यक्षमा हेम थापा, द्वितीय उपाध्यक्षमा कविता अर्याल ,उपाध्यक्षमा लक्ष्मण ज्ञवाली ,महासचिवमा राजेन्द्र कुँवर , कोषाध्यक्षमा बोमलाल भण्डारी, सचिवमा भोज खत्री, सहकोषाध्यक्षमा अर्जुनबहादुर कुँवर तथा सदस्यहरूमा तुलसीराम कंडेल ,लक्ष्मण अर्याल , सिर्जना मरासिनी , मोतिलाल गौतम , लक्ष्मी श्रेष्ठ , मन्दिरा शर्मा , माधवप्रसाद ज्ञवाली र कविराज श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभयो ।
    यस अघि अधिबेशनको उद्घाटन गर्नुहुदै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले सरकारले विनियोजन गरेको बजेटको आधारमा रहेर सकेसम्म धेरै नागरिकलाई विकास र समृद्धि प्रदान गर्ने बताउनु भएको थियो ।

    समाजले समाज सेवाका हिसाबले प्रसंसनीय काम गर्दै आएको बताउनुहुँदै उहाँले यस संस्थामा रहेको निर्माणधीन भवन निर्माण , आवतजावत गर्ने सडक लगायतका क्षेत्रमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    उहाँले अहिले सडक पूर्वाधार ,विद्यालय ,अस्पतालहरू गाउँ -गाउँमा पुगेको र कृषिलाई व्यावसायिकतामा जोड्ने योजनाहरू अगाडि सारेर कार्यान्वयनमा लागेको बताउनु भयो ।
    गुल्मेलीहरू राजनीतिक, शैक्षिक, व्यावसायिक, स्वास्थ्य ,समाजसेवा हरेक तह र तप्कामा अग्रपंक्तिमा रहेको देख्दा खुशी लाग्ने उहाँले बताउनु भयो । 
    सम्पर्क समाजका अध्यक्ष डा.नारायणप्रसाद पन्थको अध्यक्षता, प्रथम उपाध्यक्ष कृष्णप्रसाद भण्डारीको स्वागत तथा महासचिव कृष्णप्रसाद पोखरेलको संचालनमा भएको कार्यक्रममा बोल्दै गुल्मी जिल्ला समन्वय समितिका सदस्य सुनिता जिसीले सम्पर्क समाजले गरेका कामहरु उदाहरणीय रहेको बताउनु भयो । 
    कार्यक्रममा सल्लाहकारहरु लोकनाथ उपाध्याय , टिकाराम शर्मा धिमिरे , ओमी पुन , ऋषि भण्डारी लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो ।
    गुल्मीबाट रुपन्देहीमा आइ बसोबास गरेका गुल्मेलीहरुले जेष्ठ नागरिक मिलन केन्द्र , छोरी शिक्षा कार्यक्रम ,श्रृङ्गेश्वरधाम निर्माण गरी गुल्मेलीहरुलाई भावनात्मक रुपमा समेत जोडने कार्यक्रम संचालन गरिएको अध्यक्ष डा. पन्थले जानकारी दिनु भयो ।
    अधिवेशनका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्नुहुने व्यक्तित्वहरुलाई अध्यक्ष डा. पन्थले कदरपत्रसहित सम्मान गर्नुभएको थियो ।

    सम्मानित व्यक्तित्वमा सल्लाहकारहरु टिकाराम शर्मा घिमिरे, सल्लाहकार तथा शैक्षिक व्यक्तित्व लोकनाथ उपायाय, शृङ्गेश्वर धामका अध्यक्ष ऋषि भण्डारी, निशुल्क आवाशीय छोरी शिक्षा कार्यक्रमका अध्यक्ष ओमीकला पुन, ज्येष्ठ नागरिक मिलनकेन्द्रका अध्यक्ष यदुनाथ पान्डे, सिद्धार्थनगर शाखा अध्यक्ष केशवराज ज्ञवाली, सचिव पुरूषोत्तम पाण्डे, हेम थापा , उत्कृष्ट सदस्य भोजेन्द्र खत्री तथा २१ वर्षसम्म निरन्तर सहयोग पुर्याउनु भएका कृष्णप्रसाद भट्टराई तथा कोषाध्यक्ष विजय खनाल रहनुभएको थियो । 
    अध्यक्ष डा. पन्थले आगामी दिनमा पनि समाजलाई सहयोग पुर्याउनुहुने सहयोगी मनहरुलाई क्रमशः सम्मान गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology