Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीको अध्यक्षमा पुन :कुँवर

प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीको अध्यक्षमा पुन :कुँवर

  • 948
    SHARES

  • प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीको अध्यक्षमा पुन :कुँवर

    बुटवल,चैत ९ ।

     प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीको प्रथम अधिवेशनले पुन: नवराज कुँवरको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न प्रथम साधारण तथा अधिवेशनले कुँवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । 

    उपाध्यक्षमा विष्णु भुसाल, महासचिवमा माधव नेपाल, कोषाध्यक्षमा गौतम भुसाल निर्वाचित भएका छन् । त्यस्तै सचिवमा ३ जना निर्वाचित भएका छन् । जसमा अनलाइन तर्फबाट दीपक घिमिरे, पत्रपत्रिका तर्फबाट विनोद पौडेल र रेडियो टिभी तर्फबाट आशिष् गुप्ता रहेका छन् । 

    यता सदस्यहरूमा जगदीश भट्टराई, उषाकिरण पन्थ, विष्णु गैरे, गोपाल भट्टराई, मेघराज गौतम, चन्द्रकान्त न्यौपाने, राधा बस्नेत रिया र सिद्धार्थ पाण्डे निर्वाचित भएका छन् । सङ्घको सल्लाहकारमा ३ जना मनोनीत भएका छन् । सल्लाहकारमा डा. बालकृष्ण चापागाईँ, शुक्र ऋषि चौलागाई र देवी वाग्ले मनोनीत भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology