Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

सिद्धार्थ गौतम बुद्ध क्याम्पस कक्षा १२ मा अध्यनरत बिद्यार्थीलाई बिदाइ

सिद्धार्थ गौतम बुद्ध क्याम्पस कक्षा १२ मा अध्यनरत बिद्यार्थीलाई बिदाइ

  • 2.5K
    SHARES

  • सिद्धार्थ गौतम बुद्ध क्याम्पस कक्षा १२ मा अध्यनरत बिद्यार्थीलाई बिदाइ

    बुटवल,चैत ९ ।

    प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा कक्षा १२ मा अध्यनरत बिद्यार्थीलाई बिदाइ तथा शुभकामना कार्यक्रम गरिएको छ।

    कक्षा ११ मा अध्यनरत बिद्यार्थीहरूले उनीहरूलाई आज एक कार्यक्रमको आयोजना गरी विदाइ एवं शुभकामना व्यक्त गरेका हुन्। b71aa5d7-7555-4d1a-8950-c2204d3d2d58.jpeg
    कक्षा ११ मा अध्यनरत छात्र वसन्त जि.सी.को अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा निवर्तमान क्याम्पस प्रमुख बिष्णुप्रसाद राना,सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्याय,व्यवस्थापन विभागीय प्रमुख रमेशप्रसाद पाण्डे ,अतिरिक्त कार्यक्रम संयोजक तीर्थराज काफ्ले लगायतका प्राध्यापकहरू हुनुहुन्थ्यो ।

    प्रमुख अतिथिको रूपमा बोल्दै निमित्त क्याम्पस प्रमुख कृष्णप्रसाद खनालले कक्षा १२ का विद्यार्थीहरुलाई उज्ज्वल शैक्षिक भविष्यको शुभकामना दिदै क्याम्पसमा संचालित उच्च तहका अन्य शैक्षिक कार्यक्रममा आगामी दिनमा समेत स्वागत गर्न आतुर रहेको जानकारी दिनुभयो।7fa78370-58dd-4a9e-a717-1754ad753873.jpeg

    त्यस्तै निवर्तमान क्याम्पस प्रमुख बिष्णुप्रसाद रानाले शुभकामना मन्तव्य दिदै कक्षा १२ का विद्यार्थीहरुलाई क्याम्पसको बिगतका बर्षहरूमा झै उत्कृष्ट नतिजा ल्याउन आग्रह गर्नुभएको थियो भने कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुले पनि आफू भन्दा सिनियर विद्यार्थीहरुको सकारात्मक कार्यको अनुसरण गर्दै सफलतातर्फ उन्मुख हुनुपर्ने विचार व्यक्त गर्नुभएको भयो ।

    कार्यक्रममा उपस्थितलाई ललिता घर्तिमगरले स्वागत  मन्तव्य राखी स्वागत गरेकी थिइन्।

    करिब २५० जना विद्यार्थी, १५ जना प्राध्यापक र १० जना कर्मचारीको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई अबिर, खादा र मायाको चिनो प्रदान गरी सम्मान समेत गरिएको थियो ।

    क्याम्पसको सभाहलमा आयोजित उक्त कार्यक्रममा कक्षा ११ र १२मा अध्ययनरत विद्यार्थीहरुले गायन, कमेडी ,एकल र सामूहिक नृत्य एवं उत्कृष्ट नाटक समेत प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा कक्षा १२मा अध्ययनरत गणेश हिताङ्ग र सपना खड्काले आफ्नो अनुभव समेत राख्दै सिद्धार्थ गौतम बुद्ध क्याम्पसको गरिमालाई थप उचाईमा पुर्याउन समेत आफूहरू तल्लिन रहने विचार राखेका थिए ।

    सभ्य र भव्यताका साथ सम्पन्न आजको यस कार्यक्रमको संचालन पुष्पा नेपाली र वशन्त के.सी.ले गरेको जानकारी उप प्रा. शेषकान्त अर्यालले दिनुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, चैत्र ९ २०८१०७:२७:५४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology