Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

सिराहामा दलित समुदायमाथि भएको जातिय विभेद विरुद्ध शान्ति समाजद्वारा बुटवलमा प्रदर्शन

सिराहामा दलित समुदायमाथि भएको जातिय विभेद विरुद्ध शान्ति समाजद्वारा बुटवलमा प्रदर्शन

  • 2.5K
    SHARES

  • सिराहामा दलित समुदायमाथि भएको जातिय विभेद विरुद्ध शान्ति समाजद्वारा  बुटवलमा प्रदर्शन

    बुटवल,चैत ८ । 

    मानवअधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा जातिय भेदभाव उन्मुलन दिवसको अवसरमा सिराहाको औरही गाउँपालिकामा दलित समुदायमाथि भएको जातिय विभेद विरुद्ध बुटवलमा खबरदारी सभा तथा  प्लेकार्ड प्रदर्शन गरेको छ ।

    सिराहाको औरहीमा दलित परिवारमाथिको अत्याचार बिन्द गर, अझै पनि छुवाछुत तथा जातिय विभेदका घटना लज्जास्पद, दलित समुदायमाथिको अत्याचार बन्द गर, दोषीलाई कारबाही गर्ने इच्छाशक्ति खोई ? लेखेका नारासहितको प्लेकार्ड प्रदर्शन गर्दै खबरदारी गरिएको हो ।
    मानवअधिकार तथा शान्ति समाजका उपसभापति कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा शान्ति समाजका  पूर्व केन्द्रीय सभापति तथा सल्लाहकार गोविन्द खनालले बोल्दै २१ औं शताब्दीमा पनि जातिय विभेद मानवका लागि कलंक भएको बताए ।

    उनले सिराहाको औरही गाउँपालिकामा दलित समुदायमाथि भएको जातिय विभेदको निन्दा गर्दै दोषीलाई हदैसम्मको कानुनी कारवाही गर्न सरकार समक्ष माग गरे ।86958826-1516-4bb9-9e71-3d7248a4d485.jpeg

    खनालले सरकारले २०६८ मा जातिय छुवाछुतका लागि कानुन निर्माण भैसके पनि त्यसलाई व्यवहारमा ल्याउन नसक्दा जातिय विभेदका घटना बढेको बताए ।  
    नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले बोल्दै  सिराहामा घटेको घटना अत्यन्तै निन्दनीय भएको बताउँदै नेपाली मिडिया र पत्रकारहरु सधै सामाजिक न्यायको पक्षमा भएको बताए ।

    उनले पिडितलाई कारबाही नभएसम्म नेपाली मिडियाले निरन्तर समाचार लेखिरहने र जातिय विभेद सधैका लागि अन्त्य गर्नुपर्ने बताए ।
     नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले बोल्दै नेपालको संविधान र कानुनले जातिय विभेद नदेख्ने तर हाम्रा समाजमा अझै पनि जातिय विभेद रहेको बताए । उनले जातिय विभेद गरेर हाम्रो समाज कता जादैछ ? भन्ने प्रश्न गर्दै समाज परिवर्तनका लागि शान्ति समाज र पत्रकारहरु सधै एकजुट भएर लाग्ने बताए ।IMG_3621.jpeg
    त्यस्तैगरी नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व कोषाध्यक्ष तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सदस्य सञ्जय सौगाले बोल्दै छुवाछुत मुक्त राष्ट्र घोषाणा भएपनि अझै विभेद नहटेको बताए ।

    उनले सिराहामा भएको घटना जातिय विभेदका कारण भएको र पीडितलाई न्याय दिन सबैले खबरदारी गर्नुपर्ने बताउँदै छुवाछुत अन्त्यका लागि गैरदलितहरुको साथ र सहयोग अपरिहार्य भएको बताए ।9a63bd5a-7cb9-43df-9c77-55a9d463c9ff.jpeg
    खबरदारी सभामा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष मिना ढकाल, नेपाल प्रेस युनियन रुपन्देहीका सभापति कविन्द्र नेपाल, मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका निवर्तमान सभापति कृष्ण प्रसाद भट्टराई,  शान्ति समाज रुपन्देहीका निवर्तमान उपसभापति कपिल ज्ञवालीलगायतको पत्रकार तथा मानवअधिकारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

    सो कार्यक्रम कोषाध्यक्ष मोहनीलाल न्यौपानेको स्वागत र कार्यसमिति सदस्य सिता पौडेलको संचालनमा भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, चैत्र ८ २०८१०८:१४:१४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology