Logo बिहिवार, आश्विन १ गते २०८३
images

व्यवसायी तथा उपभोक्ताको क्षमता विकास गर्दै खुद्रा किराना संघ

व्यवसायी तथा उपभोक्ताको क्षमता विकास गर्दै खुद्रा किराना संघ

  • 1.1K
    SHARES

  • व्यवसायी तथा उपभोक्ताको क्षमता विकास गर्दै खुद्रा किराना संघ

    बुटवल,चैत ८ ।

    बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलका साना वा ठुला व्यवसायीहरु जो कोही भएपनि उनिहरुलाई टिकेर व्यवसाय गर्ने वातावारण निर्माणको लागि नगरपालिका जहिले पनि तयार भएको बताएका छन् ।

    व्यवसायीहरुको हक, हित र व्यवसायीक दिगोपानाको लागि नगरपालिकाले के कस्तो सहयो गरेर सहकार्य गर्न सकिन्छ यसमा सदैभ पालिका तयार रहेको बताएका हुन ।

    खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवलमा आयोजना गरिएको व्यवसायी तथा उपभोक्ताको क्षमता विकास तथा अभिवृद्धि तालिमको शुभारम्भ गर्दै नगर प्रमुख पाण्डेले कुनै पनि व्यवसायी दर्ता भएर सरकारी मापदण्ड अनुसार सञ्चालन भएको अवस्थामा व्यवसायीकको पेशागात सुरक्षाको लागि नगरपालिकाले योजनाबनाएर अगाडी बढ्ने समेत बताए ।उनले खुद्रा किराना व्यवसायीहरुले सामुहिक रुपमा मिलेर एउटा  नमुनको रुपमा सामुहिक मार्ट स्थापना गर्न सक्ने भन्दै यसको लागि पालिकाले के कस्तो सहयोग गर्नुपर्नेहो यसमा तयार रहेको बताए ।

    खुद्रा किराना व्यवसायीहरुले पटक पटक उठाउँदै आएको विषय, पोके तथा डोके  विना दर्ता भएका व्यवसायीहरुको कारण दर्तावाला व्यवसायीहरुले मर्कामा परेको गुनासो आउने गरेको भन्दै उनले केही दिन यता सडक किनाराबाट हटाइएका केही विना दर्तावाला व्यवसायीहरु देखिएको भन्दै सडक  निर्माण पुरा हुना साथ हस्पीटल लाईल लगायतका स्थानबाट  कडाईका साथ हटाउने समेत बताए ।  

    संस्थाका अध्यक्ष महेन्द्र पोखरेलले कार्यक्रममा सहजीकरण गर्दै झोले, पोके, विना दर्ता भएका व्यवसायीहरुको कारण स्थानीय निकाय, सम्बन्धीत निकायमा दार्त भएर नियमित रुपमा कर तिर्दै आएका व्यवसायीह मर्कामा परेको भन्दै यसको नियन्त्रणको लागि नगरपालिका संग माग गरेका थिए ।

    कार्यक्रममा बुटवल उपमहानरपालिका अनुगमन तथा  व्यवसाय प्रर्वद्धन महाशाखा प्रमुख उप निर्देशक ठगिश्वर पोखरेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्या अधिकृत श्रवण ढुंगाना, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले कार्यपत्र प्रस्तुत गर्दै उपभोक्ता अधिकारको लागि सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

    कार्यक्रममा खुद्रा किराना व्यवसायी संघका संस्थापक अध्यक्ष  टिकाराम गैरे ,पुर्व अध्यक्ष कमला  गौतम,  मोहन बस्याल  सल्लाहकार कृष्णप्रसाद पाण्डे लगायत बोलेका थिए। कार्यक्रम संचालन महासचिव दघिराम ज्ञवालीले  गरेका  थिए भने उपाध्यक्ष  एवं कार्यक्रम संयोजक  गोपाल कुमार प्रधानले स्वागत मन्तव्य दिएका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology