Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्रीलाई सांसद घिमिरेको प्रश्न-‘लुम्बिनीको एकीकृत विकासको लागि सरकारको भावी योजना के छ ?’

प्रधानमन्त्रीलाई सांसद घिमिरेको प्रश्न-‘लुम्बिनीको एकीकृत विकासको लागि सरकारको भावी योजना के छ ?’

  • 2.0K
    SHARES

  • प्रधानमन्त्रीलाई सांसद घिमिरेको प्रश्न-‘लुम्बिनीको एकीकृत विकासको लागि सरकारको भावी योजना के छ ?’

    बुटवल,चैत्र ७ ।

    प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले लुम्बिनीको एकीकृत विकासको लागि सरकारको भावी योजना के छ भनेर प्रश्न उठाउनुभएको छ । आजको संसद बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिदै घिमिरेले सभामुखमार्फत प्रधानमन्त्री केपी ओलीलाई प्रश्‍न गर्नुभएको हाे ।

    उहाँले भन्नुभयो--‘लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी र आसपासका पालिकाहरूलाई समेटेर लुम्बिनी एकिकृत सहरी विकास कार्यक्रम चलाइनुको विकल्प छैन सम्माननीय ज्यू, लुम्बिनी विकास कोषको पर्खालभित्र मात्र काम गरेर लुम्बिनीमा पर्यटकको आकर्षक बढाउन सकिँदैन। यसर्थ लुम्बिनीको एकीकृत विकासको लागि सरकारको भावी योजना के छ ?’

    घिमिरेले भन्नुभयो-‘ हामीहरूकै आग्रह अनुसार सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा लुम्बिनीमा बर्थिङ्ग हव निर्माण गर्ने विषय समावेश गरेको थियो।

    भगवान गौतमबुद्ध जन्मिएको पवित्र पावन भूमिमा सन्तान जन्माउने चाहना कुन अभिभावकलाई नहोला र ? सुविधा सम्पन्न बर्थिङ्ग हस्पिटल बनाएर विश्वका शान्तिमार्गीहरूलाई सो अवसर उपलब्ध गराउन लुम्बिनी ल्याउने अवाधारणा सहित अघि सारिएको यो विषय नीति तथा कार्यक्रममा समावेश हुँदा सबैलाई उत्साहित बनाएको थियो। तर हालसम्म वर्थिङ्ग हव निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा निराशा छाएको छ। ’

    रुपन्देही क्षेत्र न ५ का सांसद घिमिरेले  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लामो प्रयासपछि प्रधानमन्त्रीको पहलमा आंशिक सञ्‍चालनमा आएको बताउनुभयो । सो विमानस्थलको दीगो सञ्‍चालनको विषयमा अझैं विभिन्न शंका उपशंका देखा परेकाले सरकारले उक्त विमानस्थल पुर्ण र दीगो सञ्‍चालनको लागि के-कस्तो प्रबन्ध मिलाएको छ ? उहाँको प्रश्न छ ।

    घिमिरेको प्रश्नमा प्रधानमन्त्री केपी ओलीले जवाफ दिनुभएको थियो । जवाफमा मातृशिशुको स्वास्थ्य अवस्था सुधार गर्न सरकारले सङ्‍घ, प्रदेश र स्थानीय तहका अस्पताल एवम् स्वास्थ्य संस्थाहरूबाट विभिन्‍न कार्यक्रम सञ्‍चालन गर्दै आईरहेको बताउनुभयो । लुम्बिनी प्रदेशमा सुविधा सम्पन्न बर्थिङ हस्पिटल निर्माण गर्नका लागि नेपाल सरकार, थाइल्याण्ड अन्तर्राष्ट्रिय सहयोग नियोग र UNFPA Nepalको सहकार्यमा सम्भाव्यता अध्ययन भइरहेको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो-‘लुम्बिनी क्षेत्रको अपार धार्मिक एवम् पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै सन् १९७८ मा डिजाइन स्वीकृत भएको लुम्बिनी गुरुयोजना अनुसार निर्माण कार्यहरू भइरहेको जानकारी गराउँदछु।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्‍चालनका लागि सरकारले सम्बद्ध निकायहरूसँग छलफल गरी कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको छ। यात्रु सेवा शुल्कमा छुट, ग्राउन्ड ह्यान्डलिङ, ल्यान्डिङ, पार्किङ एन्ड नेभिगेसन शुल्कमा छुट जस्ता सहुलियत एवम् प्रोत्साहनका कार्यक्रमहरू सञ्‍चालनमा ल्याएको छ।हाल अलजजिरा, फ्लाई दुवई, एअर एसिया र नेपाल एअरलाइन्सले उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्‍चालन गरिरहेका छन्।

    श्रम तथा रोजगार कार्यालय बुटवलबाट श्रम स्वीकृति प्रदान गर्न शुरु भएको छ। साथै, अध्यागमन, मुद्रा सटही लगायतका बैंकिङ सुविधा विमानस्थलमै प्रदान गर्ने व्यवस्था मिलाइएको र भविष्यमा उक्त विमानस्थललाई पूर्ण क्षमतामा सञ्‍चालन गर्नेगरी काम भइरहेको छ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कल्पना डुम्रे

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology