Logo मंगलवार, श्रावण १२ गते २०८३
images

श्रृङ्गेश्वर बहुमुखी क्याम्पस रानिबासमा क्रान्तिकारी बिद्यार्थीको प्यानल नै बिजयी,अध्यक्षमा थापा

श्रृङ्गेश्वर बहुमुखी क्याम्पस रानिबासमा क्रान्तिकारी बिद्यार्थीको प्यानल नै बिजयी,अध्यक्षमा थापा

  • 825
    SHARES

  • श्रृङ्गेश्वर बहुमुखी क्याम्पस रानिबासमा क्रान्तिकारी बिद्यार्थीको प्यानल नै बिजयी,अध्यक्षमा थापा

    बुटवल,चैत ६ ।

    गुल्मीको रानीवासस्थित श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेविसंघ अनेरास्ववियुका संयुक्तप्यानललाई हराउँदै माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले जित हासिल गरेको छ।

    अध्यक्षमा विशाल थापा सहित क्रान्तिकारीको पुरै प्यानलले जित हासिल गरेको हो।
     
    क्याम्पसका निर्वाचन अधिकृत लक्ष्मण प्रसाद उपाध्यायले दिएको जानकारी अनुसार खसेका कुल मत १०६ मध्येअखिल क्रान्तिकारीका अध्यक्ष पदका उम्मेदवार विशाल थापा ६५ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धीनेविसंघ अनेरास्ववियुका संयुक्त उम्मेदवार नेत्र प्रसाद ज्ञवालीले ४१ मत ल्याएका थिए।
    त्यस्तै सचिव पदका उम्मेदवार क्रान्तिकारी कै पुष्पा कुँवरले ५३ मत ल्याएर विजयी भएकी छिन्। उनकी प्रतिस्पर्धीबिन्ध्या रानाले ४६ मत ल्याएकी थिइन। कोषाध्यक्षमा पनि क्रान्तिकारी कै सिर्जना बस्याल ५५ मत ल्याएर विजयीभएकी छिन्। उनका प्रतिस्पर्धी लक्ष्मी ज्ञवालीले ४९ मत ल्याएकी थिइन

    सदस्यहरूमा क्रान्तिकारी कै बिपना थापा ६० मत, अप्सरा परियार ५६ मत, दया पौड्याल ५६ मत लिएर विजयी भएकीछन्। त्यस्तै प्रतिस्पर्धी मनदिप श्रेष्ठले ४९, करिना सोमै ४६ दिपा पन्थले ४४ मत ल्याएका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology