Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुटवलको कन्सेप्टले अल्बाट्रोस मार्फत सांगीतिक कार्यक्रम गर्ने

बुटवलको कन्सेप्टले अल्बाट्रोस मार्फत सांगीतिक कार्यक्रम गर्ने

  • 1.3K
    SHARES

  • बुटवलको कन्सेप्टले अल्बाट्रोस मार्फत सांगीतिक कार्यक्रम गर्ने

    बुटवल,चैत ५ ।

    द कन्सेप्ट क्लव एन्ड पप बुटवलले स्थापनाको सात वर्ष पुरा गरेको अवसरमा बिशेष सांगितीक कार्यक्रम गर्ने भएको छ ।

    ७ औं वार्षिकोत्सवको अवसरमा बुटवलका युवा पुस्तालाई भरपुर मनोरञ्जन दिने उद्देश्यलेनेपालकै प्रख्यात ब्याड अल्बाट्रोस मार्फत सांगीतिक कार्यक्रम गर्ने भएको हो ।

    सात वर्ष अगाडी बुटवललाईरात्रीकालिन सांगीतिक मनोरञ्जन दिने उदेश्यले कन्सेप्ट क्लव स्थापना गरिएको सन्चालक अतित थापाले जानकारीदिनुभयो ।

    पछिल्ला वर्षहरूमा, नेपाली संगीतका ख्यातीप्राप्त ठूला ब्यान्ड भित्राएको थियो ।

    जस्तै श्याडोज नेपाल, १९७४ एडी, अल्बाट्रोस र जिन्दाबादका साथै अन्तर्राष्ट्रिय कलाकारहरू जस्तै एरोग्या, डीजे लीनाटा र डीजे सीक्वीनलाई जस्ता कलाकार ल्याउन सफल भएको सञ्चालक थापाले बताउनुभयो । क्लवको स्थापना भएसंगैरात्रीकालिन सांगितीक रमाईलोकालागि काठमाण्डौ, पोखरा जाने क्रम रोकिएको र बजार समेत चलायमान बनाउनसहयोग पुगेको उहाँको भनाई छ ।

    क्लबले प्रतिभाशाली कलाकारहरूलाई आफ्ना सीप कला प्रस्तुत गर्न रदर्शकहरूलाई प्रत्यक्ष संगीतको जादू अनुभव गर्न मञ्च उपलब्ध गराउँदै आएको छ । रक र लोकगीतदेखि हिप हप रइलेक्ट्रोनिक जस्ता कला प्रदर्शन गराउदै आएको छ । जसले कन्सेप्ट रकबारमा संगितप्रेमीकालागि भरपुर मनोरञ्जनदिदै आएको सन्चालक थापाको भनाई छ । काठमाण्डौ केन्द्रीत रात्रीकालिन मनोरञ्जन कार्यक्रमलाई बुटबल भित्राउनेपहिलो रक वार रहेको उहाँको दाबि छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, चैत्र ५ २०८१०९:३८:१४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology