लमजुङ,चैत्र ५ ।
लमजुङको दुई वटा क्याम्पसमा आज भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएको छ । सुन्दरबजार नगरपालिका ९ स्थित भक्ति आदर्श बहुमुखी क्याम्पस र वडा नं. ७ सुन्दरबजारस्थित मातृभूमि बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी भएको हो ।
भक्ति आदर्श क्याम्पसमा ८१ मत खसेकोमा नेविसंघका उम्मेदवार सुशील अधिकारी ४९ मत ल्याएर विजय भए ।यता, मातृभूमि क्याम्पसमा कूल ७५ मत खसेकोमा नेविसंघका विशाल थापा ५५ मतका साथ विजयी भएका हुन् ।
त्यस्तै, मध्यनेपाल नगरपालिका–३, सोतीपसलस्थित मंगला क्याम्पसमा नेविसंघका प्यानलै सर्वसम्मत भइसकेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)