मोरङ्ग,चैत्र ५ ।
उर्लाबारी बहुमुखी क्याम्पस मोरङ्गमा नेविसंघका उम्मेदवार पोषण आचार्य निर्वाचित भएका छन्।आचार्य सर्वसम्मत रुपमा स्ववियु सभापतिमा निर्वाचित भएको निर्वाचन समितिकी संयोजक अम्बिका गौतमले जानकारी दिइन्।
यसअघि उक्त क्याम्पसमा नेविसंघका विवेक कार्की स्ववियु सभापतिमा निर्वाचित भएका थिए । त्यतिबेला कार्कीसँगै नेविसंघले प्यानलै विजयी भएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)