Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

भैरहवा विमानस्थलबाट गाजासहित भारतीय महिला पक्राउ

भैरहवा विमानस्थलबाट गाजासहित भारतीय महिला पक्राउ

  • 1.1K
    SHARES

  • भैरहवा विमानस्थलबाट गाजासहित भारतीय महिला पक्राउ

    बुटवल,चैत्र ४ ।

    रुपन्देही प्रहरीले अवैध गाजासहित भारतीय महिलालाई पक्राउ गरेको छ। थाई एयर एशियाको जहाजमा थाईल्याण्डको बैंककबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा आएकी भारतीय महिलालाई प्रहरीले साढे सात किलो अवैध गाजासहित पक्राउ गरेको हो।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सोमबार दिउसो सवा १२ बजे थाई एयर एशियाको जहाजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकी भारतको मुम्बई महाराष्ट्रकी ४५ वर्षीय गुलनाज बेग विमानस्थलको टर्मिनल गेटबाट गाजासहित पक्राउ परेकी हुन्।

    विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा रहेको प्रहरी टोलीले बेगले ल्याएको सुटकेश खानतलासी गर्दा साढे सात किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ। 

    बेगले ल्याएको सुटकेशभित्र गाँजालाई प्लाष्टिकमा २६ वटा पोका बनाएर राखिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले गाँजा र पक्राउ परेकी बेगलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जानकारी दिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, चैत्र ४ २०८११०:४२:५५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology