Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रेसुङ्गा बहुमुखी क्याम्पस : स्ववियुमा नेविसंघका खत्रीको नेतृत्वमा सबै पदमा निर्विरोध

रेसुङ्गा बहुमुखी क्याम्पस : स्ववियुमा नेविसंघका खत्रीको नेतृत्वमा सबै पदमा निर्विरोध

  • 1.1K
    SHARES

  • रेसुङ्गा बहुमुखी क्याम्पस : स्ववियुमा नेविसंघका खत्रीको  नेतृत्वमा सबै पदमा निर्विरोध

    गुल्मी,चैत ३ ।

    तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को कमिटी नै निर्विरोध भएको छ ।

    स्ववियु सभापतिमा सुदीप खत्री निर्विरोध निर्वाचित भएका छन् । नेविसंघका खत्री नेतृत्वमा सबै पदमा निर्विरोध निर्वाचित भएको रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले बताए ।sudipp-khatri-resunga-campus-1024x624.jpg

    सचिवमा अनेरास्ववियुका निशान टण्डन, कोषाध्यक्षमा नेविसंघका विश्वास बञ्जाडे निर्विरोध निर्वाचित भएका छन् ।

    सदस्यहरुमा नेविसंघबाट अनिता पाण्डे, खुमबहादुर खत्री, अनेरास्व्वियु क्रन्तिकारीबाट सागर सुनार, अनेरास्ववियुबाट सन्तोष भण्डारी, नेविसंघबाट सुश्मा पन्थी निर्विरोध निर्वाचित भएका हुन् ।

    समानुपातिक तर्फ नेविसंघबाट सुशिल पन्थी र विशाल पाण्डे, अनेरास्वुवियुबाट अस्मिता सदा, विनिता कार्की र मुनाल अधिकारी, अनेरास्ववियु क्रान्तिकारीबाट प्रियांक पन्थी, र अमृता सुनार निर्विरोध निर्वाचित भएका छन् ।

    क्याम्पसमा क्रियाशील संगठनले तालमेल गरेर उम्मेदवारी दिएपछि सबै निर्विरोध निर्वाचित भएका हुन् ।क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित खत्री यसअघि सचिव थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology