Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल पत्रकार महासंघ रुपन्देहीको होली मिलन

नेपाल पत्रकार महासंघ रुपन्देहीको होली मिलन

  • 975
    SHARES

  • नेपाल पत्रकार महासंघ रुपन्देहीको होली मिलन

    बुटवल,चैत २।

    नेपाल पत्रकार महासंघ रुपन्देहीले होलीमिलन गरेको छ । पत्रकार महासंघ प्रांगणमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले होली पर्वलाई संयमित भएर मनाउनुपर्नेमा जोड दिएका थिए ।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य जमुना ढकालले असत्यमाथी सत्यको बिजयको रुपमा होली पर्व मनाउनुपर्ने बताउनुभयो । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीयलका प्रमुख सचेतक समेत रहनुभएको उहाँले सञ्चारकर्मीहरुको संस्थाले परम्परा जोगाउनुकालागि कार्यक्रम गर्नु सकारात्मक रहेको बताउनुभयो ।holi a.jpg

    कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणले पत्रकारहरुले संस्कृति बचाउमा लागेकोमा खुसी ब्यक्त गर्नुभयो । रुपन्देहीमा क्रियाशिल बिभिन्न संघसंस्था, शुरक्षा निकाय, पत्रकारहरु लगायतको सहभागिता रहेको कार्यक्रम पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षता, उपाध्यक्ष एवं कार्यक्रम संयोजक अस्मीना पाण्डेको स्वागत तथा सचिव सीपी खनालको सञ्चालनमा सम्पन्न भएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology