बुटवल,फागुन २९ ।
श्री नेवा पुच: (नेवा समाज विकास परिषद्) बुटवल रूपन्देहीले होली मिलन कार्यक्रम गरेको छ ।
पुचका अध्यक्ष काजिमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले होली जस्ता चाडपर्वले आपसी भाइचारा र आत्मियता बढाउन मदत मिल्ने बताउनुभयो ।
उहाले बुटवलले नेवार समुदायको पहिचानका लागि सांस्कृतिक,धार्मिक एवं आर्थिक तवरले पनि काम गरिरहेको बताउनुभयो ।
असत्यमाथि सत्यको बिजयी भएको दिनको स्मरणमा होलीमिलन जरूरि रहेको बताउनुभयो ।
सो अवसरमा बोल्दै नेवा पुचका अध्यक्ष काजिमान श्रेष्ठले नेवार समुदायका बिभिन्न एजेण्डामा बुटवलको स्थानीय सरकार सधै सकारात्मक रहेको बताउनुभयो ।
बुटवलमा नपालमै पहिलोपटक नेवारी भाषामा बडापत्र राखिएकोमा धन्यवाद समेत दिनुभयो । कार्यक्रममा चोपनारायण श्रेष्ठ,देवि प्रसाद श्रेष्ठ,आनन्दभगत श्रेष्ठ,लकुश श्रेष्ठ,रामेश्वरप्रसाद श्रेष्ठ,चिरञ्जीबि जोशी,माधवप्रसाद श्रेष्ठ,बिष्णुप्रसाद श्रेष्ठ,नेवा पुच सचिव लक्ष्मी श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)
-
बिहिवार, फाल्गुण २९ २०८१०५:४२:३४
-