बुटवल,फागुन २८ ।
उद्योगी ब्यवसायी र श्रमिकाबिच असल श्रम सम्वन्ध स्थापित गर्नका लागि पहल थालिएको छ । बुटवलमा नेपाल ब्यापार तथा सम्बद्ध श्रमिक संघले बुटवल उद्योग बाणिजय संघको सभाहलमा सरोकारवालाका बिचमा सामाजिक संबाद कार्यक्रम गरेको हो ।
सो अबसरमा बोल्दै नेपाल ब्यापार तथा सम्बद्ध श्रमिक संघकाअध्यक्ष सन्तोष गिरिले संघ र महासंघ सम्बद्ध तथा अन्य ब्यवसायिक संघ संस्थाहरु बिच आपसी हितका लागि १३ बुदे समझदारी पत्र बनाइएको बताउनुभयो ।
उहाँले १३ बुँदाहरुलाई आत्मसात गर्दै द्विपक्षीय रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धताका लागि तयार रहेको समेत बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश अन्तरर्गतका उधोग, व्यवसाय एवं व्यापारिक क्षेत्रमा संलग्न धमिक, कर्मचारीहरुलाई रोजगार सम्बन्ध स्थापित गर्न श्रम ऐन २०७४ का श्रमिक पक्षीय बुँदाहरु न्युनतम ज्याला, नियुक्ति पत्र, योगदानमा आधारित सामाजिक सुरक्षा लगायतका सुविधाहरु उपलब्ध गराई असल श्रम सम्वन्ध स्थापित गर्न गराउन दुवै पक्ष प्रतिवद्ध रहने ।
श्रमिकहरुलाई रोजगारजन्य स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गरी प्राकृतिक प्रकोप, महामारी लगायतका विशेष अवस्थामा श्रमिक, रोजगारदाता दुवै पक्षले आपसी हितका लागि कार्य गर्ने लगायतका बुदा रहेको बताउनुभयो ।
नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष काजिमान श्रेष्ठले नेपालको संविधान २०७२, श्रम ऐन २०७४ तथा हालको ट्रेड युनियन ऐन २०४९ अनुसार श्रमिकको संगठित हुन पाउने अधिकार र उधोगी व्यावसायीको अधिकार सुनिश्चित गर्नका लागि सबै तयार रहनुपर्ने बताउनुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले अहिलेको संकटपूर्ण समय र परिस्थिती हेरेर अघि बढ्न सुझाव दिनुभयो ।
सो अबसरमा ,बुटवल उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष हरिप्रसाद अर्याल, नेपाल ट्रेड युनियन कांग्रेसका रुपन्देही अध्यक्ष रामप्रसाद ढकाल,सामाजिक सुरक्षा कोषका केदार पौडेल,रुपन्देही ब्यापार संघका उपाध्यक्ष दया भण्डारी,बुटवलउवासंघका महासचिव मुक्ति अधिकारी,बाणिज्य उपाध्यक्ष बिमलराज भट्टराइ ,ट्रेड युनियन रूपन्देही सचिव केशवराव पाण्डे लगायतले बोल्नुभएको थियो ।
श्रम ऐन लगायतका ऐन कानूनको कार्यान्वयन र श्रम विवाद समाधानका लागि सरोकारवाला सरकारी निकाय र स्थानीय सरकार सँग दुवै पक्षले समन्वय गर्ने , उधोग व्यवसाय एवं प्रतिष्ठानमा कार्यरत कामदाररकर्मचारी एवं श्रमिकहरुले उधोग प्रतिष्ठानका व्यवसायी प्रति उचित सम्मान, अनुशासन कायम गरी कार्यस्थलको सुरक्षा, भौतिक सम्पत्तिको उचित सरक्षण गर्ने र चोरी, दुरुपयोग जस्ता गतिविधिलाई निरुत्साहित गर्न प्रतिवद्ध रहनेछन र यदि गैह्र अनुशासनको कृयाकलापमा संलग्न रहेमा कानूनी कार्यवाहीको भागीदार बन्ने लगायतका बुदा रहेका छन् । यसलाइ चैत्र ५ गते अन्तिम रुप दिएर हस्ताक्षर गरिने नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष काजिमान श्रेष्ठले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)