Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्ववियु निर्वाचन : ८४ क्याम्पसमा निर्विरोध नेतृत्व,नेविसंघ ३३ , अनेरास्ववियु ३० !

स्ववियु निर्वाचन : ८४ क्याम्पसमा निर्विरोध नेतृत्व,नेविसंघ ३३ , अनेरास्ववियु ३० !

  • 1.8K
    SHARES

  • स्ववियु निर्वाचन : ८४ क्याम्पसमा निर्विरोध नेतृत्व,नेविसंघ ३३ , अनेरास्ववियु ३० !

    बुटवल, फागुन २८ ।

    स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन अन्तर्गत देशभरका ८४ वटा क्याम्पसहरूको नेतृत्व निर्विरोध चयन भएका छन् । मंगलबार मनोनयन दर्ता गर्नेक्रममा पदमा एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

    निर्विरोध भएका ८४ क्याम्पसमध्ये अहिलेसम्म नेपाल विद्यार्थी संघले ३३ वटा क्याम्पसको अध्यक्ष जितेको दाबि गरेको छ । त्यस्तै, अनेरास्ववियुले ३० वटा क्याम्पसमा स्ववियु अध्यक्ष जितेको र अखिल क्रान्तिकारीले २१ क्क्याम्पसको अध्यक्ष जितेको दाबी गरेका छन् ।

    त्यस्तै काठमाडौं उपत्यकाका २२ मध्ये ६ वटा क्याम्पसमा उम्मेदवारी दर्ताको प्रक्रिया अवरुद्ध बनेको छ । काठमाडौँको शंकरदेव क्याम्पसको निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको छ भने केन्द्रीय क्याम्पस किर्तिपुरमा बागी उम्मेदवारको नाम दर्ता गरेको भन्दै नेविसंघले तालाबन्दी गरेको छ ।

    यस बाहेक पद्यमकन्या, सरस्वती, पब्लिक युथ र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढेको छैन । त्रिवि अर्न्तगतका आंगिक, सामुदायिक र निजी क्याम्पसमा मंगलबार निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम थियो । स्ववियु निर्वाचन चैत्र ५ गते हुदै छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology