Logo बुधवार, श्रावण १३ गते २०८३
images

‘पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो हुने छैन ’ : प्रचण्ड

‘पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो हुने छैन ’ : प्रचण्ड

  • 1.3K
    SHARES

  • ‘पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो हुने छैन ’ : प्रचण्ड

    बुटवल,फागुन २८।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डालाई पुनः अगाडि बढाइएको बताएका छन् ।

    मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै प्रचण्डले सरकारले संविधान संशोधनको विषय अगाडि बढाएसँगै आफूहरूले संविधान सभामै राखेको एजेण्डलाई पुनः अगाडि सारेको बताए ।

    प्रतिगामी तत्वहरू व्यवस्थामाथि धावा बोल्न खोज्दै रहेको पनि उनले बताए । भ्रष्ट र दलालहरू विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेको भन्दै उनले अगाडि भनेका छन्, ‘सबैखाले सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी हाम्रो हो, यसमा हामी कतै बिचलित हुने छैनौं, दृढ प्रतिबद्धताका साथ अघि बढ्ने छौं ।’

    ‘अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु हो,’ प्रचण्डले भने, ‘पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो हुने छैन ।’

    जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको उनले बताए । उत्पीडित समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरिएको उल्लेख गर्दै उनले थपे, ‘अहिले आएर संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा हुँदैछ ।’

    सत्ता गठबन्धनले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको देखेर राजावादीहरू समेत सलबलाएको उनले बताए ।

    ‘इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वहरुले धमिलो पानीमा माछा मार्न खोजेका छन् । यी हर्कतका विरुद्ध आवश्यक परे लाखौं जनता सडकमा उतारेर खबरदारी गरिन्छ,’ उनले भने ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology