बुटवल,फागुन २८।
बुटबल सोसल ग्रुपले बुटबलमा बृहत निःसुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ ।
स्वास्थ्य नै धन हो भन्ने उदेश्य सहित बुटवल उपमहानगरपालिका वडा १ एकमा आयोजना गरिएको शिबिरमा २ सय ५६ जनाले स्वास्थ्य चेकजाच तथा नि सुल्क औषधी बितरण गरिएको थिए । बुटबल उपमहानगरपालीका को सहयोगमा आयोजना गरिएको शिविरमा गाईनो नाककान घाटी हाडजोनी नसारोग फिजीसियन सम्बधित उपचार गरिएको थियो ।
निः शुल्क शिबिरमा बोल्दै बुटबल उपमहानगरपालीका बडा नम्बर १ का वडा अध्यक्ष नरेन्द्र बस्नेतले स्वास्थ्य शिबिरले घर घरमा रहेका बृद आमाबुवाहरूलाई उपचार गराउन ठुलो सहयोग पुगेको बताए । अस्पताल जान नसक्ने आथिक स्थिती कम्जोर भएका बिरामीहरूका लागी नि सुल्क स्वास्थ्य शिबिर फलदाई भएको उनको भनाई छ ।
वडा अध्यक्ष बस्नेतले भने आफनै वडालाई रोजेकोमा आयोजकहरूलाई धन्यवाद समेत दिएका थिए । डाक्टर दिनेस साक्यले समय समयमा गरिने शिबिरहरूले बिरामीको उपचारमा सहयोग मिल्ने बताए । बुटवल सोसल गुरूपमा अध्यक्ष भोज बहादुर थापाले स्वास्थ्य शिबिरले धेरै बिरामीहरूलाई राहात पुगेको बताए ।
सस्थाको स्थापना नै सामाजिक सेवामा लाग्ने गरी गठन भएको भन्दै समाजमा हुने हरेक सामाजिक कृयाकलापहरूमा सहयोगी को रूपमा काम गदैआएको थापाले बताए ।
सोसल ग्रुपले पछील्लो समय स्वास्थ्य सेवा लिन नसकेका आथिक अवस्था कम्जोर भएर बिधालय जान नसकेका बालबालिका हरूलाई कपडा कापिकलम बितरण हरियाली बुटबल बनाउन बृक्षारोपण खाधान्न अभावभएकालाई खाधान बितरण गदै आएको अध्यक्ष थापाको भनाई छ बुटबल उपमहानगरपालीका बडा नम्बर १ का वडा सदस्य अशोक राईले नि सुल्क स्वास्थ्य शिबिर सन्चान गरेर धेरैलाई उपचार र औषधी बितरण गरेर पुन्य काम भएको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)