Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

गुल्मी जुनिया चिदिपानी सम्पर्क समाजको दशौँ वार्षिक साधारण

गुल्मी जुनिया चिदिपानी सम्पर्क समाजको दशौँ वार्षिक साधारण

  • 9.5K
    SHARES

  • गुल्मी जुनिया चिदिपानी सम्पर्क समाजको दशौँ वार्षिक साधारण

    बुटवल,फागुन २५ ।

    गुल्मी जुनिया चिदिपानी सम्पर्क समाजको दशौँ वार्षिक साधारण सभा तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम तिलोत्तमामा सम्पन्न भएको छ।

    समाजका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षता संस्थाका संरक्षक तथा बुटवल उपमहानगरपालिकाका पूर्व मेयर रूपसिंह थापाले समाजले गुल्मी र रूपन्देहीमा समेत योगदान गरिरहेको बताउनुभयो ।

    सो अवसरमा  संस्थापक अध्यक्ष खड्कबहादुर शाही संरक्षक डाक्टर डीबी खत्री चिदीपानी तिलोत्तमाका अध्यक्ष कृष्णप्रसाद भट्टराई,आजीवन सदस्य यमबहादुर खत्री लगायतले बोल्नुभएको थियो ।

    साधारण सभामा अध्यक्षको वार्षिक प्रगति प्रतिवेदन ,कोषाध्यक्ष ओमप्रकाश भण्डारीको प्रतिवेदन समेत सर्वसम्मत पारित भएको छ ।

    कार्यक्रममा छबबहादुर भण्डारी रूपबहादुर भण्डारी शशीधर भण्डारी भुपाल भुसाल गुरुप्रसाद भुसाल कृष्णप्रसाद भट्टराई खड्गबहादुर शाही लगायतले शुभकामना मन्तव्य दिँदै संस्थाले गर्दै आएको कार्यको प्रशंसा गर्नुभयो ।

    संस्थाका अध्यक्ष थापाले समाज गुल्मी जुनिया चिदिपानी को स्थानीय विकास र त्यहाँका स्थानीयहरूको सहजताका लागि हरदम लागिरहेको उल्लेख गर्नुभयो।

    आगामी दिनमा समेत संस्थाले शैक्षिक स्वास्थ्य लगायतका विषयमा क्षेत्रमा सक्दो कार्य गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। साधारण सभासँगै कार्यक्रममा विभिन्न जेष्ठ नागरिकहरुलाई समेत सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रबाट योगदान दिने व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो।

    कार्यक्रम समाजका उपाध्यक्ष सुरेश थापाको स्वागत तथा सचिव खिमबहादुर खत्रीको सञ्चालनमा भएको थियो 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, फाल्गुण २५ २०८१०८:४८:५७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology