बुटवल,फागुन २३ ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल रुपन्देही शाखामा शनिबार नयाँ नेतृत्व चयन भएको छ । संघको ७ औँअधिवेशनले मनबहादुर गुरुङलाई लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा धरवन धरिकार, उपाध्यक्ष बासुदेव रेग्मी, सचिवमा धनबहादुर मगर, सह सचिवमा सन्तराम मौर्य र कोषाध्यक्षमा जंगबहादुर खत्रीलाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा राजु गुरुङ, घनलाल भट्टराई, प्रमोदकुर्मी, मोइन खान, सुमन राना र हंसराज यादव चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोपिराम ब्लोनलेसंस्थालाई थप क्रियाशिल बनाउँदै लैजानका लागि आग्रह गरे ।
सबै सदस्यहरुलाई समेटेर सामुहिक भावनाले अघिबढ्न सके मात्रै आफ्ना हक अधिकार स्थापित गर्न सकिने बताउँदै उनले सक्रिय भएर लाग्न आग्रह गरे ।
यसैगरी केन्द्रीय महासचिव मुक्ति काफ्लेले संघको आर्थिक पारदर्शितालाई कायम राख्दै थप सिर्जनशिलक्रियाकलापमा सहभागी हुन आग्रह गरे । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष तथा संघका सल्लाहकारविश्वाष ढकालले पेसालाई पर्यादित बनाउनका लागि आग्रह गरे ।
हरेक विरामीको जीवनसँग जोडिएको संवेदनशिलपेशाका रुपमा एम्बुलेन्स चालकहरुले काम गरिरहेको बताउँदै उनले मर्यादित भएर काम गर्न सकेमा सामाजिक रुपमास्थापित र सम्मानित हुन सकिने धारणा व्यक्त गरे ।
स्वास्थ्य सेवा जस्तो जनतासँग प्रत्येक्ष सरोकार राख्ने पेशाभएकाले यसलाई पर्यादित पेशाको रुपमा स्थापित गर्दै संघलाई आर्थिक रुपमा समेत बलियो बनाउने गरी नयाँ नेतृत्वलेकाम गर्नुपर्ने उनले सुझाव दिए ।
संघ अन्तरगत रुपन्देहीका ७० जना एम्बुलेन्स चालक सदस्य रहेका छन् । गत मंसिर २३ गते आयोजना गरिएको ७ औँअधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति नभएपछि पौष १२ गते आयोजना गरिएको निर्वाचन प्रक्रियामा पनि कुरानमिल्दा तेस्रो पटक फागुन २४ गते शनिबार आयोजना गरिएको निर्वाचन प्रक्रियाले नयाँ नेतृत्व चयन गरेको हो ।
निर्वाचन प्रक्रिया अघि बढेपछि प्यानलसहित उम्मेदवारी घोषणा गरेका सुरज तिवारीको समुहले मतदान हुनै लाग्दाउम्मेदवारी फिर्ता लिएको स्वघोषणासँगै नेतृत्व सर्वसहमत भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)