Logo बिहिवार, आश्विन १ गते २०८३
images

सुरक्षित यात्रा नेपालद्वारा नेपालगञ्जमा प्लेकार्डसहित सचेतनामूलक र्‍याली

सुरक्षित यात्रा नेपालद्वारा नेपालगञ्जमा प्लेकार्डसहित सचेतनामूलक र्‍याली

  • 1.2K
    SHARES

  • सुरक्षित यात्रा नेपालद्वारा नेपालगञ्जमा  प्लेकार्डसहित सचेतनामूलक र्‍याली

    बुटवल,फागुन २४ । 

    सुरक्षित यात्रा नेपालकोआयोजनामा नेपालगञ्जमा बृहत् ट्राफिक सचेतना र्‍याली निकालिएको छ। नागरिकलाई सुरक्षित,सहज र मर्यादित यात्राका लागि प्रेरित गर्ने उद्देश्यले  बृहत् र्‍याली निकालिएको हो । 

    सयौँको सङ्ख्यामा उपस्थित विद्यार्थी र सरोकारवालासहित निकालिएको र्‍याली बिपी चोकबाट सुरु भई धम्बोझी चोकमा पुगेर समापन भएको थियो । सुरक्षित यात्रा नेपाल बुटवलको आयोजना र नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल एवम् जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा विभिन्न सचेतनामूलक प्लेकार्डसहित बृहत् र्‍याली निकालिएको थियो ।

    dadak accident.jpg


    सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेल्बासेको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरूले सडक दुर्घटनाको अवस्था भयावह बन्दै गइरहेकोले नागरिक स्वयम् सचेत र सजग बन्नुपर्नेमा जोड दिएका छन् । 

    नगर प्रमुख विष्टले प्रत्येक नागरिकले इमानदारीपूर्वक सडक अनुशासन पालना गर्नुपर्ने बताउनुभयो । उहाँले ट्राफिक नियम पालना गरी सुरक्षित, सहज र मर्यादित यात्रा गर्न सबैलाई आह्वान गर्नुभयो । सघन सहरी क्षेत्रमा ट्राफिक चाप धेरै हुने भएकाले दुर्घटनाको जोखिम बढी हुने विष्टको भनाई छ । नेपालगन्जमा ट्राफिक व्यवस्थापनमा सुधार हुँदै गइरहेको बताउनुभयो । 

    कार्यक्रममा बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी , प्रध्यापक दिपक ढकाल लगायतले ट्राफिक नियमको पालना र सडक अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

    त्यसक्रममा जेब्रा क्रसिंग कसरी गर्ने, जेब्रा क्रसिंगमा हुने लापरबाहीले निम्त्याउने दुर्घटनाका विषयमा कृत्रिम घटना अभ्यास समेत गराएर प्रदर्शन गरिएको थियो ।yatraa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology