Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

लुम्बिनीमा श्रामणेर (अल्पकालिन भिक्षु) प्रबज्या कार्यक्रम शुरू,५ सय जना सहभागि

लुम्बिनीमा श्रामणेर (अल्पकालिन भिक्षु) प्रबज्या कार्यक्रम शुरू,५ सय जना सहभागि

  • 1.0K
    SHARES

  • लुम्बिनीमा श्रामणेर (अल्पकालिन भिक्षु) प्रबज्या कार्यक्रम शुरू,५ सय जना सहभागि

    बुटवल,फागुन २० ।

    बुद्धजन्मस्थल रुपन्देहीको लुम्बिनीमा श्रामणेर (अल्पकालिन भिक्षु) प्रबज्या कार्यक्रम शुरु भएको छ । मायादेवी मन्दिर परिसरमा ५ सय जनालाई बौद्ध धर्मगुरुहरुबाट पहेलो चीवर प्रदान गरी श्रामणेर प्रवज्यामा सहभागी गराइएको हो ।

    अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोष सहितका विभिन्न संस्थाहरूको सह–आयोजनामा मंगलबार कुलपुत्र प्रबज्या (अल्पकालीन भिक्षु) गराइएको हो ।

    संघनायक बोधीसेन महास्थविर, अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष महास्थविर धम्म शोभन, थाई धम्मदुुतका फरा उपाझ्याए पभना सहित बौद्ध धर्म गुरुहरुले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गर्नुभयो । प्रबज्या समारोहलाई सम्बोधन गर्दै नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्धको उपदेशलाई ग्रहण गर्न पाउनु ठूलो अवसर भएको बताउँदै थाईल्याण्ड सहकार्य गर्न सधै तयार रहेको बताउनुभयो ।

    प्रवज्या समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको शिक्षालाई छोटो अवधिका लागि भएपनि व्यवहारमा लागू गर्ने कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । उहाले बुद्ध दर्शन समुदाय, व्यक्ति बिशेष नभई मानव जीवनका लागि भएकाले यसलाई जीवनमा लागू गर्न खोज्ने कार्यमा सहभागी भएकोमा बधाई समेत दिनुभयो । उपाध्यक्ष डा. लामाले बुद्ध दर्शन मानव दर्शन भएको बताउँदै प्रवज्यामा रहेकाहरुले जीवनको महत्वपूर्ण इतिहासमा रेकर्ड गराउन सफल भएको बताउनुभयो ।
    यसैगरी अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु निग्रोधले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको शिक्षालाई व्यवहारमा लागू गराउनका लागि भिक्षु, लामा, गुरुहरुको आवश्यकता पर्ने बताउँदै त्यसैका लागि प्रबज्या कार्यक्रम राखिएको बताउनुभयो  । 
    अल्पकालीन भिक्षुहरूले पहेलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले आगामि चैत ३ गतेसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्नेछ । भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरु पालना गर्नुपर्ने हुन्छ ।

    फागुन १४ गतेदेखि शुरु भएको प्रवज्यामा फागुन १६ गते ललितपुर स्थित अक्षेश्वर महाविहारमा केश मुन्डन गर्नुभएको थियो ।
    मंगलबार पहेलो चीवर लगाउन योग्य भएका श्रामणेरहरुले आफूहरुले पहेलो चिवरण ग्रहण गर्न पाउदा निकै खुशी लागेको बताउनुभएको छ । चिवर प्राप्त गरेका १२५० जनालाई पञ्चशिल, अष्टशिल र विनयपिटकका बारेमा जानकारी दिने र दैनिक ध्यान गराईने आयोजकले जनाएका छन ।

    लुम्बिनीमा गरिएको अल्पकालिन भिक्षु बनाउने कार्यले बुद्धको शिक्षा र बुद्धधर्मको प्रचारमा सहयोग पुग्ने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो ।

    प्रवज्या सामाजिक नेपालको व्यवस्थापनमा प्रवज्यामा भएको कार्यक्रम अन्तर्गत विहिबार भिक्षाटन, फागुन २४ गते लुम्बिनी उद्यानमा दीप प्रज्वलन, चैत ३ गते प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ । सन् २०११ मा एक हजार जना, २०१५ मा एक हजार ११२ जना, सन् २०१९ मा एक हजार ११९ जना, सन् २०२३ मा ५ र सन् २०२४ मा १२५० जनालाई प्रव्रज्या गराइएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, फाल्गुण २० २०८१०६:४२:५९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology