काठमाडौँ,फागुन १९ ।
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीलाई भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ।आज सर्वोदय सेवाश्रम लमजुङले सम्मानस्वरूप उहाँलाई नगद रू १ लाख र सम्मानपत्र प्रदान गरेको हो ।
न्यायप्रति अटूट निष्ठा, इमान्दारिता, विधिको शासन, सुशासन र सदाचार प्रवर्द्धनमा पुर्याउनुभएको महत्त्वपूर्ण योगदानको कदर गर्दै उहाँलाई यो सम्मान प्रदान गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले नगद रू १ लाख र सम्मानपत्र प्रदान गर्नुभयो ।
पूर्व अध्यक्ष रेग्मीले पुरस्कारस्वरूप प्राप्त नगद राशिलाई सदाचार प्रवर्द्धनका लागि उपयोग गरिनु पर्ने विश्वासका साथ आफ्नो जन्मथलोको विद्यालयमा अनुशासन, सदाचार र उत्कृष्ट आचरण भएका विद्यार्थीहरूलाई प्रोत्साहित गर्न छात्रवृत्तिका रूपमा समर्पण गर्ने घोषणा गर्नुभएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)