Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्ववियु चुनाव : भैरहवा बहुमुखी क्याम्पसमा विद्यार्थीले गरे तोडफोड

स्ववियु चुनाव : भैरहवा बहुमुखी क्याम्पसमा विद्यार्थीले गरे तोडफोड

  • 903
    SHARES

  • स्ववियु चुनाव : भैरहवा बहुमुखी क्याम्पसमा विद्यार्थीले गरे तोडफोड

    बुटवल,फागुन १९ ।

    स्वतन्त्र  विद्यार्थी  युनियनको आगामी चैत ५ गते हुने चुनावको विषयलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् ।

    सोमबार बिहान साढे ८ बजे क्याम्पस प्रशासन र निर्वाचन आयुक्तसँग चुनावको विषयबारे छलफल गर्न बैठक बसिरहँदा अनेरास्ववियु विद्यार्थी संगठनका केही विद्यार्थी बाजासहित बैठक कक्षमा प्रवेश गरी बैठक भंग गर्न खोजेकोले तोडफोड गरिएको समाजवादी विद्यार्थी युनियन इकाई कमिटी भैरहवाका इन्चार्ज इरफान अलीले बताए ।

    उनले क्याम्पस प्रशासनसँग आफ्नोलगायत अन्य ४ विद्यार्थी संगठनले प्रथम वर्षको भर्ना लिन, द्वितीय र तृतीय वर्षको फागुन १८ गतेसम्म मात्र राखिएको मिति लम्ब्याउन माग गरे पनि प्रशासनले सुनुवाइ नगरेपछि आफूहरूले बैठकमा कुरा राखेर उक्त माग टुङ्गो लगाउन खोजेको उनको भनाइ छ । 'हाम्रो कुरा नसुनी क्याम्पस प्रशासनले चुनावको प्रक्रिया अघि बढाइरहेको थाहा पाएका थियौं,' उनले भने, 'हामी पनि सोही क्याम्पसका विद्यार्थी हौँ, हामीलाई पनि चुनावको छलफलमा सहभागी गराउनु पर्छ ।'

    इरफानका अनुसार बैठकमा उनको संगठनसहित राप्रपा इकाई कमिटी, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ र स्वतन्त्र मधेशी विद्यार्थी युनियन सहभागी थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology