Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘हामीले पर्खेर बस्नु भनेको देश बर्बादीतर्फ जानु हो’ : राप्रपा अध्यक्ष लिङ्देन

‘हामीले पर्खेर बस्नु भनेको देश बर्बादीतर्फ जानु हो’ : राप्रपा अध्यक्ष लिङ्देन

  • 1.2K
    SHARES

  • ‘हामीले पर्खेर बस्नु भनेको देश बर्बादीतर्फ जानु हो’ : राप्रपा अध्यक्ष लिङ्देन

    बुटवल,फागुन १७ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार असफलताको बाटोमा हिडेको आरोप लगाएका छन् ।बुटवलमा आयोजित प्रदेश स्तरिय बृहत आमसभालाई सम्बोधन गर्दै वर्तमान राजनीतिक व्यवस्थाले देशलाई असफलतातर्फ धकेलेको आरोप लगाए।

     अध्यक्ष लिङ्देनले भ्रष्टाचार संस्थागत भएको, राजनीतिक दलहरू स्वार्थमा लिप्त भएको, तथा जनताको अवस्था झनै दयनीय बनेको बताएका छन्। “देशमा हिजोदेखि नै भ्रष्टाचार थियो, तर अहिले झन् संस्थागत बनाइएको छ,” उनले भने।

    विदेशिएका युवाको अवस्था दर्दनाक रहेको उल्लेख गर्दै उनले सरकारले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्न नसकेको आरोप लगाए। “हामीले पर्खेर बस्नु भनेको देश बर्बादीतर्फ जानु हो,” उनले चेतावनी दिए। साथै, उनले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको मृत शरीर स्वदेश फर्कँदा राजनीतिक दलहरूले जस लिने प्रवृत्तिको आलोचना गरे। अध्यक्ष लिङ्देनले मुलुकलाई अध्यादेशको भरमा चलाउन खोजिएको, तर जनताको असन्तोषलाई वेवास्ता गरिएको बताए।

    “देशमा उजुरी गर्न पाइन्छ, तर कारबाही हुँदैन। यस्तो व्यवस्थाले अब कुनै हालतमा काम गर्ने छैन,” उनले टिप्पणी गरे। उनले नेपालका लागि वर्तमान संघीयता असफल रहेको भन्दै प्रदेश व्यवस्था खारेज गर्नुपर्ने, संसदलाई पुनः समानुपातिक बनाउने, तथा निर्वाचित प्रधानमन्त्रीलाई दुई कार्यकालसम्म सीमित गर्ने जस्ता प्रस्ताव अघि सारे।

    “नेपाल जस्तो सानो देशमा यति धेरै जनप्रतिनिधि पाल्न सकिँदैन, अन्य तहहरूमा कटौती गर्नुपर्छ,” उनले जोड दिए।

    अध्यक्ष लिङ्देनले नेपालमा राजसंस्थाको पुनःस्थापना हुनुपर्ने तर कार्यकारी अधिकार निर्वाचित प्रधानमन्त्रीलाई दिनुपर्ने धारणा राखे। “राजा रहनुपर्छ, तर प्रधानमन्त्री जनताबाट निर्वाचित हुनुपर्छ, जसलाई दुई कार्यकालभन्दा बढी बस्न नपाइने व्यवस्था ल्याउनुपर्छ,” उनले बताए।

    नेपालको परराष्ट्र नीतिबारे बोल्दै उनले कुनै पनि देशको प्रभावमा नपरी स्वतन्त्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए। “प्रधानमन्त्री चीन जाओस् या अमेरिका, उनीहरू कुनै देशका कालिन्दा होइनन्,” उनले स्पष्ट गरे। सभामा राप्रपाका अन्य नेताहरूले पनि आ-आफ्ना विचार राखेका थिए। अध्यक्ष लिङ्देनले पार्टी संगठन विस्तार गर्दै आगामी दिनमा देशभर शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेको संकेत दिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology