Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिद्धार्थ उद्योग वाणिज्य संघ : अध्यक्षमा आचार्यसहित अधिकांश निर्विरोध

सिद्धार्थ उद्योग वाणिज्य संघ : अध्यक्षमा आचार्यसहित अधिकांश निर्विरोध

  • 990
    SHARES

  • सिद्धार्थ उद्योग वाणिज्य संघ : अध्यक्षमा आचार्यसहित अधिकांश निर्विरोध

    बुटवल,फागुन १७ ।

     रुपन्देहीको सिद्धार्थ उद्योग वाणिज्य संघमा नयाँ कार्यकालका लागि अध्यक्षसहित अधिकांश पदाधिकारी निर्विरोध भएका छन् । आगामी फागुन २४ गते शनिबार हुने संघको  निर्वाचनका लागि शुक्रबार भएको मनोनयन दर्तामा अध्यक्षमा नेत्र प्रसाद आचार्यसहित अधिकांश निर्विरोध भएको निर्वाचन मण्डलले जनाएको छ ।   

    उपाध्यक्ष वाणिज्य र सह–कोषाध्यक्षबाहेक पदाधिकारीतर्फका अन्य पद निर्विरोध रूपमा निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त शिव प्रसाद गौडलेले जानकारी दिए । 

    अध्यक्षमा नेत्र प्रसाद आचार्य, वरिष्ठ उपाध्यक्षमा दिलीप प्रसाद कान्दु, उपाध्यक्ष कर्पोरेटमा रोहित कुमार अग्रवाल र उपाध्यक्ष उद्योगमा गोविन्द ज्ञवाली निर्विरोध रूपमा निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा कमलप्रसाद मरासिनी र सचिवमा मङ्गल भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

    संघको वस्तुगत सदस्यमा प्रितम रौनियार, महिला उद्योग सदस्यमा विष्णुमाया शर्मा, कर्पोरेट सदस्यमा विकास गोयनका र अप्रित कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।

    उपाध्यक्ष (वाणिज्य)मा एक पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा यमकला न्यौपाने, दीपक कुमार पौडेल र हरि बहादुर थापा रहेका छन् । त्यसैगरी सह–कोषाध्यक्षमा सञ्जय कुमार बेरीवाल र पल्लवी न्यौपानेको उम्मेदवारी परेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology