Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुटवलमा निशानको म्यागनाइट फेसलिफ्ट सार्वजनिक,मुल्य ३४ लाख ७५ हजार

बुटवलमा निशानको म्यागनाइट फेसलिफ्ट सार्वजनिक,मुल्य ३४ लाख ७५ हजार

  • 1.1K
    SHARES

  • बुटवलमा निशानको म्यागनाइट फेसलिफ्ट सार्वजनिक,मुल्य ३४ लाख ७५ हजार

    बुटवल,फागुन १६ ।

    निशान गाडीको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रा.लिले बुटवलमा निशानको नयाँ गाडी म्यागनाइट फेसलिफ्ट सार्वजनिक गरेको छ ।

    शुक्रबार एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक कार्यक्रममा बोल्दै पानियर बुटवल शाखाका वरिष्ठ प्रबन्धक आशिष दाहालले यसका विशेषता बारे जानकारी गराए । 

    नेपाली बजारमा ३४ लाख ७५ हजारदेखि ५३ लाख मुल्यसम्मका ४ वटा भेरिएन्टमा म्यागनाइट फेसलिफ्ट आएको उनले बताए । उनका अनुसार भिसिया, एसेन्टा, एन कनेक्टा र टेक्ना प्लस गरी ४ वटा भेरिएन्टमा निसानको म्यागनाइट फेसलिफ्ट पाउन सकिने दाहालले जानकारी गराए ।

    यस गाडीमा १३ वटा फरक कन्फिगरेसनहरुमा उपलब्ध रहेको तथा टर्बो पेट्रोल र नेचुरली एस्पिरेटेड इन्जिनहरु साथै म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प समेत समावेश गरिएको दाहालले जानकारी दिए । यी गाडीहरुमा बोल्ड डिजाइन, उन्नत सुरक्षात्मक विशेषता र आधुनिक प्रविधि जडान गरिएको उनले दाबी गरे ।  

    यस गाडीमा ४० वटा सुरक्षात्मक विशेषताहरु र ५५ वटा सुरक्षा सम्बन्धी सुधारलाई समेटिएको माइनर मोटो कर्प प्रा.लि बुटवल शाखाका प्रमुख राजु थापाले जानकारी दिए ।

    म्यागनाइट फेसलिफ्टमा चारैतर्फ गरी ६ वटा एयर ब्याग, सबै सिटमा बेल्ट स्मरण गराउने सेन्सर, ३६० डिग्री लेदर प्याक, २९ लिटर बढी क्याविन स्टोर, फ्रन्ट आर्मरेस्ट स्टोरेजसहित स्लिप रियर सिट र कप होल्डरहरु, अटो हेटल्याम्प, प्रिमियम आई की, वाक अवे लक र अप्रोच अनलकसहित ६० मिटर रेन्जसम्म रिमोट इन्जिन स्टार्ट लगायतका विशेषता समावेश गरिएको उनले जानकारी दिए । 
    निशानको मान्यताअनुसार यो गाडीमा क्रुज कन्ट्रोल र ३६० भ्यूजस्ता प्रविधि पनि छन् ।

    म्याग्नाइटका हरेक मोडल नेपाली प्रयोगकर्ताका आकाक्षा पुरा गर्ने ध्ययेका साथ डिजाइन गरिएको कम्पनीले जनाएको छ । ग्लोबल आइएमई बैंक बुटवलको अमरपाथ शाखाका प्रमुखु आशिष दाहालले निसानको नयाँ गाडीको औपचारिक रुपमा सार्वजनिक गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, फाल्गुण १६ २०८१०९:३५:२५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology