Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुटवल १५ मा लागु पदार्थ दुव्र्यसनी नियन्त्रण सम्बन्धि सचेतना मूलक कार्यक्रम

बुटवल १५ मा लागु पदार्थ दुव्र्यसनी नियन्त्रण सम्बन्धि सचेतना मूलक कार्यक्रम

  • 1.3K
    SHARES

  • बुटवल १५ मा लागु पदार्थ दुव्र्यसनी नियन्त्रण सम्बन्धि सचेतना मूलक कार्यक्रम

    बुटवल,फागुन १४ ।

    वडा स्तरीय युवा क्लव बुटवल १५ र ईलाका प्रहरी कार्यालय रन्यौराको संयुक्त आयोजनामा लागु पदार्थ दुव्र्यसनी नियन्त्रण सम्बन्धि १ दिने सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।

    बुटवल १५ मा रहेको नवरत्न माबिमा भएको कार्यक्रममा कक्षा ९ देखि १२ सम्मका बिद्यार्थी सहभागि थिए । त्यस्तै  आमा समुह,टोलबिकास संस्था,औषधि ब्यवसायी,महिला संजालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।lagu.jpg

    क्लवका अध्यक्ष प्रयास आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय रन्यौराका कार्यालय प्रमुख एवं प्रहरी निरिक्षक आदित्यराज विष्ट र सोसाइटी सर्पाेट ग्रुपका मिन सेनले प्रशिक्षण तथा सहजीकरण गर्दै  लागु पदार्थको लतबाट टाढै रहन आग्रह गर्नुभयो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल वडा न १५ का वडाध्यक्ष तथा नगर प्रवक्ता शिव रानाले युवा र बिद्यार्थीले समयमै यसको बारेमा बुझ्न सकेमा समाज सुधार हुने बताउनुभयो । उहाँले यस प्रकारको कार्यक्रमले लागुपदार्थ दुव्र्यसनी न्यूनीकरण गर्न टेवा पुग्ने बताउनुभयो ।

    कार्यक्रमममा बटौली नाट्य समूहले बाबुराम घिमिरेको निर्देशन तथा लेखनमा तयार पारेको सडक नाटक प्रस्तुत गरेको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology