Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मीको रुरुक्षेत्र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रथम

गुल्मीको रुरुक्षेत्र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रथम

  • 1.5K
    SHARES

  • गुल्मीको रुरुक्षेत्र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रथम

    गुल्मी, फागुन १४ ।

    गुल्मीको रुरुक्षेत्र गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा प्रथम भएको छ । यस जिल्लाका दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा रुरुक्षेत्र गाउँपालिकाले ९७.२५ प्रतिशत अङ्क ल्याएर प्रथम भएको सार्वजनिक नतिजामा उल्लेख गरिएको हो ।

    आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा अनुसार यस गाउँपालिकाले शासकीय प्रबन्ध ९, सङ्गठन तथा प्रशासन ८, वार्षिक बजेट तथा योजना व्यवस्थापन ११, वित्तीय एवम् आर्थिक व्यवस्थापन १०.७५, सेवा प्रवाह १५.५, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ११.५, सामाजिक समावेशीकरण १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ८.५, समन्वय र सहकार्य ६ अङ्क प्राप्त गरेको छ ।

    आर्थिक वर्ष २०७९/०८० को लिजामा ९३.२५ प्रतिशत अङ्क ल्याएको रुरुक्षेत्र गाउँपालिका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको गुणस्तर परीक्षण पश्चात् ४६० गाउँपालिकामध्ये देशरभरकै दोस्रो स्थानमा रहेको थियो ।

    दोस्रोमा मदाने गाउँपालिका र चन्द्रकोट गाउँपालिकाले बराबर अङ्क प्राप्त गरेका छन्। दुवै गाउँपालिकाले ९६.५ प्रतिशत अङ्क ल्याएका हुन् ।

    मदाने गाउँपालिकाले शासकीय प्रबन्ध ९, सङ्गठन तथा प्रशासन ८, वार्षिक बजेट तथा योजना व्यवस्थापन १०, वित्तीय एवम् आर्थिक व्यवस्थापन ११, सेवा प्रवाह १६, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार १२, सामाजिक समावेशीकरण ९.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ८, समन्वय र सहकार्य ६ अङ्क प्राप्त गरेको छ । चन्द्रकोट गाउँपालिकाले शासकीय प्रबन्ध ९, सङ्गठन तथा प्रशासन ८, वार्षिक बजेट तथा योजना व्यवस्थापन ११, वित्तीय एवम् आर्थिक व्यवस्थापन ११, सेवा प्रवाह १६, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ११, सामाजिक समावेशीकरण ९.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ८, समन्वय र सहकार्य ६ अङ्क प्राप्त गरेको छ ।ruru chhetra gaupalika.jpg

    त्यसैगरी, छत्रकोट गाउँपालिकाले ९५.७५ प्रतिशत अङ्क प्राप्त गरेको सार्वजनिक नतिजामा उल्लेख गरिएको छ । लिजाको सार्वजनिक नतिजा अनुसार कालीगण्डकी गाउँपालिकाले ९५.२५ प्रतिशत अङ्क, इस्मा गाउँपालिकाले ९५ प्रतिशत अङ्क, धुर्कोट गाउँपालिकाले ९४.५ प्रतिशत अङ्क, रेसुङ्गा नगरपालिकाले ९२.५ प्रतिशत अङ्क, सत्यवती गाउँपालिकाले ९१.७५ प्रतिशत अङ्क, मालिका गाउँपालिकाले ९१.५ प्रतिशत अङ्क, गुल्मीदरबार गाउँपालिकाले ८६.७५ प्रतिशत र मुसिकोट नगरपालिकाले ८५.५ प्रतिशत अङ्क ल्याएको छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ बमोजिम स्थानीय तहको मूल्याङ्कन गरिन्छ । कार्यविधि अनुसार स्थानीय तहमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, समन्वय र सहकार्य गरी दस वटा क्षेत्रका १०० सूचकसहित १०० पूर्णाङ्कमा मूल्याङ्कन गरिएको हुन्छ ।

    स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिहरूको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरूको जानकारी लिई आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न आर्थिक वर्ष २०७६/०७७ देखि स्थानीय तहको स्वमूल्याङ्कन गरिँदै आएको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो।

    स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनको नतिजा जिल्ला समन्वय समितिबाट पृष्ठपोषण भए पश्चात् सार्वजनिक गरिने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

    त्यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कनमा धुर्कोट गाउँपालिकाले ७६.७ प्रतिशत अङ्क प्राप्त गरी लुम्बिनी प्रदेशका ७३ गाउँपालिकामध्ये प्रथम बनेको छ ।

    स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा यस जिल्लामा उत्कृष्ट भएका धुर्कोट गाउँपालिका र कालीगण्डकी गाउँपालिकाले ९९ प्रतिशत अङ्क ल्याएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology