बुटवल,फागुन १२ ।
बुटवल १५ सेमलारमा जारी श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ सकिएको छ। महायज्ञमा अन्तीम दिन सम्म एक करोड ७० लाख रुपियाँ नगद संकलन भएको आयोजकले जनाएको छ ।
फागुन ४ गतेदेखि सुरू भएको महायज्ञ फागुन ११ गतेसम्म सम्पन्न भएकोे महायज्ञ आयोजक मूल समितिका संयोजक हरिध्वज मल्लले बताउनुभयो ।
महायज्ञ अवधीभर भक्तजनको उल्लेखिय सहभागिता रहेको कोषाध्यक्ष धर्मराज शर्माले बताउनुभयो ।
उक्त अवसरमा राष्ट्रिय परोपकार महासंघ नेपाल रूपन्देहीको तत्वावधानमा परोपकारकुञ्ज धाम निर्माण गर्ने उद्देश्यसहित आयोजित महायज्ञमा दातालाई सम्मान गरिएको छ । राष्ट्रिय परोपकार महासंघ नेपालले देशका विभिन्न जिल्लामा आफ्ना अभियानहरू सञ्चालन गर्दै आइरहेको र यहा पनि सफलता पुर्वक महायज्ञ सम्पन्न भएको संकल्पकर्ता एवं कथाबाचक भागवत भाष्कर पण्डित कमलनयन गौतमले बताउनुभयो ।
बुटवल–१५ स्थित भाटाप्रगति टोलमा करिब ४ विघा क्षेत्रफलमा बिस्तार हुनेगरी परोपकार कुञ्जधाम निर्माणको योजनाअनुरुप काम निर्माणको काम समेत चलिरहेको छ ।
महायज्ञ सलतापुर्वक भएको परोपकार महासंघका केन्द्रिय सदस्य तुल्सीराम भण्डारीले जानकारी दिनुभयो । जनजनका मन मनमा सेवाभाव जागृत गर्ने उद्देश्यले महासंघ वि.सं २०६४ सालमा स्थापना भएको हो ।
यसअघि महायज्ञको फागुन ४ गते पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले उद्घाटन गरिएको बुटवल १५ का वडाध्यक्ष शिव रानाले बताउनुभयो ।महायज्ञको समापन कार्यक्रम मानव सेवा आश्रमका अध्यक्ष रामी अधिकारीले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)